लुम्बिनीखबर
सिद्धार्थनगर, २३ पुस । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिले जिल्लाको ओमसतिया गाउँपालिका वडा न.४ मा स्थानीय वासीहरुलाई निःशुल्क मधुमेह र रक्तचाप परिक्षण गरेको छ । शनिवार बसन्तपुरमा रहेको जगत गुरु बालसन्त मोहन शरण देवाचार्य आश्रम नवदुर्गा मन्दिरको प्राङ्गणमा स्थानीयहरुलाई चेकजाँच गरिएको हो । मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा ग्रीन सिटिले यो कार्यक्रम गरेको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स डिस्ट्रिक ३२५ पी का गर्भनर नवराज न्यौपानेले लायन्सले सधै भरी समाज सेवामा काम गर्ने संस्था भएकोले गरीब, दुःखी र असाहायको पक्षमा सदैव लाग्ने बताउदै लायन्सको मर्म र भावना अनुसार स्वास्थ्य क्षेत्रमा पनि महत्व दिएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि बालसन्त जगत गुरु देवाचार्यले समाजको ऐनाको रुपमा लायन्स क्लबले काम गरिराखेको बताउदंै अगामि दिनमा पनि निरन्तरताको लागि आर्शिवाद मन्तब्य राख्नुभयो । गणेश चौधरीको संयोजकत्वमा भएको कार्यक्रममा नवदुर्गा मन्दिरका अध्यक्ष लक्ष्मण पन्थी र स्थानीय समाज सेवी श्रवण पाण्डेले रक्तचाप र मधुमेह चेकजाँचले स्थानीहरुमा सहयोग पुगेको बताउनुभयो । लायन्स ग्रीन सिटिका कोषाध्यक्ष संगीता जी.सि को संचालनमा तथा क्लबका अध्यक्ष श्री रायमाझीको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा १ सय ८४ जनाले चेकजाँच गराएका क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिनुभयो । डिस्ट्रिकमा धेरै कार्यक्रम गर्ने लायन्स ग्रिन सिटिले लायन्सको मर्म र भावना अनुसार क्लबका गतिविधिहरु अगाडि बढाउने र डिस्ट्रिकको निर्देशन अनुसार काम गर्ने क्लबको भएको डिस्ट्रिक ३२५ पी को रेकर्डमा देखिन्छ । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिले वातावरण, बाल क्यान्सर, मधुमेह युवा तथा भोका नाङ्गाका पक्षमा काम गर्दै आइरहेको क्लबका सदस्य एच.बि. थापाले जनाउनुभयो ।