अन्जना चौहान
लुम्बिनी, ३०पुस ।लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ५ वडा कार्यलय तेनुहवा द्वारा जेष्ठ नागरिक विधवा तथा अपांगहरुलाई कम्बल वितरण कार्यक्रम सम्पन्न भएकाे छ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ५ द्वारा जेष्ठ नागरिक विधवा तथा अपांगहरुलाई कम्बल महिला र पुरुष गरि ३सय ८०जनाहरुलाई वितरण भएकाे छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमानले मन्तव्य क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकाे तर्फबाट सक्दो सहयोग गर्ने छु।रअागामि दिनहरुमा विधुतिय हिटर र न्यानो लुगाहरु नगरपालिकाबाट मिलाउने बताएका छन।
साे क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ५वडा अध्यक्ष खुर्सेद अालम मुसलमानले रुपन्देही जिल्ला सहित तराईका विभिन्न जिल्लामा विगत केही दिनदेखि अत्यधिक चिसाे बढेको छ।बिहान बाक्लो हुस्सु अत्यधिक जाडाेका कारण जनजिवन प्रभाविक भएको छ।बिहान देखि हुस्सु र शितलहर चल्न थालेपछि चिसाे बढेकाे हाे याे जाडाे माैसमलाइ मध्य नजर राख्दै बिहानमा जेष्ठ नागरिक विधवा तथा अपांगहरुलाई कम्बल अाेढेर हिडडुल्ल गर्न सजिलो हुनछ र विषेश गरि जेष्ठ नागरिक ७०वष नाघेकोलाई समान मा राखिएको हाे। जेष्ठ नागरिक विधवा र अपांगहरुलाई कम्बल वितरण गरेकाे बताएका छन।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमान ,विशिष्ट अतिथि नगर उपमेयर कल्पना हरिजन वडा न ५वडा अध्यक्ष खुर्सेद अालम मुसलमान वडा सचिव राम अनुज कुर्मी वडा सदस्य एलकसन मुसलमान वडा महिला सदस्य इसरावति पासि अब्दुल हक मुसलमान बैटरि तेलिन बुद्धिजीवी समाजसेवी लगाएतका उपस्थिति रहेकाे थियो ।कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम संचालक वडा सचिव राम अनुज कुर्मीले बताएका भिए।