logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    दुर्घटना प्रति मदरसा बोर्ड उपाध्यक्ष द्वारा दुःख व्यक्त


    २ माघ २०७९ , सोमबार

    दुर्घटना प्रति मदरसा बोर्ड उपाध्यक्ष द्वारा दुःख व्यक्त

    कपिलवस्तु,माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    आज भएको विमान दुर्घटनामा परि मृतक हरुको परिवार प्रति हार्दिक सम्वेदना प्रकट गर्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले दुख व्यक्त गरेका छन् l

    उहाँ हरूले मृत्यु भएका प्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दै मृतक परिवार लाई ईश्वर ले धैर्य धारण गर्ने क्षमता प्रदान गरून भन्ने कामनाका साथ सम्पूर्ण देशवासी का लागि दुखद घटना रहेको बताएका छन् l

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको कुरा सम्मानीय प्रधानमंत्री पुष्प कमल दहालको सरहानीय कदम रहेको समेत उपाध्यक्ष मशहूद खां ले बताए l
    विमान दुर्घटनामा मृतक प्रति गहिरो सम्वेदना प्रकट गर्दै सरकारले भोली सोमवारका दिन शोक बिदा दिने निर्णय गरेको छ l
    जाबेद आलम खां, तोफेल खां, असरफ खान, शैख जैस मक्की लगायतले समेत विमान दुर्घटना दुखद रहेको बताएका छन् l

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.