पशुपति यादव
रोहिणी, माघ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ को रोहिणीमा मेयर क्रिकेट कप सुरु भएको छ । ग्रामिण स्तरमा रहेका युवाहरुको प्रतिभा उजागर गर्ने बदलिदो युग अनुसारको खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको छ ।
रोहिणी मेयर क्रिकेट कप प्रतियोगीता पालिकाको सहयोगमा गौतम बुद्धको जन्म स्थल संग जोडिएको रोहिणी नमोः बुद्धाय युथ क्लब रोहिणी ६ को आयोजनामा प्रतियोगिता शुभारम्भ भएको छ ।
माघ महिनाको ३ गते देखि १२ गते सम्म संचालन हुने रोहिणीको सातै वडाका खेलाडि पालिका स्तरका कर्मचारीहरुको टिम सहितका ८ वटा टिमको सहभागिता रहेको आयोजकले जानकारी गराएका थिए ।
श्री राम नरेश माध्यमिक विद्यालयको स्वामीनगर धकधईको खेल परिसरमा मेयर क्रिकेट कप प्रतियोगिताका संयोजक रुपेश कुर्मीले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि तथा रोहिणी अध्यक्ष स्थानीय सरकारका प्रमुख विद्या प्रसाद यादवले उद्घाटन गर्दै कार्यक्रम सम्बोधनको क्रममा शिक्षा अन्तर्गत रहेको खेलकुदलाई पनि प्राथमिकतामा राखी स्थानीय स्तरमा नयाँ खेलाडी उत्पादन गर्न सहयोग हुने भन्ने उद्देश्यले पालिका स्तरीय मेयर क्रिकेट कप को आयोजना गरिएको यालव ले जानकारी दिनुभयो । स्वस्थ्यता र कार्यव्यस्तता भन्ने मुल नारालाई आत्मसात गर्दै अघि बढेको अध्यक्षको भनाई रहेको थियो । पहिलो पटक आयोजना गरेको र युवा खेलाडीहरुको जोस जागर देखिएको छ ।
आफ्नो कार्यकालमा यस मेयर कपलाई निरन्तरता दिने खेलाडीहरुको क्षमता बृद्धि विकास गर्ने र उत्कृष्ठ खेलाडीलाई जिल्ला, प्रदेश र केन्द्र सम्म खेलको माध्यम बाट पुग्न सफलताकोकामना दिदै स्थानीय सरकार सकारात्मक सोचका साथ अघि बढेको अध्यक्ष यादवले भने ।
उद्घाटन कै क्रममा रोहिणी १ ले रोहिणी ३ लाई ८ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ । टस हारेर व्याटिङ् पाएको रोहिणी ३ ले निर्धारित १५ ओभरको खेलमा १४ दसमलव २ ओभरमै सबै विकेट गुमाई १ सय १७ रन जोडेको थियो ।
जसका लागि विवेकले ३३ शिवले १८ र विहारीले १४ रनको योगदान गरे । बालिङ् तर्फ अफसरले ३ विकेट र धिरुले २ विकेट लिए । १ सय १८ रनको लक्ष्य पाएको रोहिणी १ ले जवाफीमा ८ ओभर ३ वालमै लक्ष्य पार गरी जित निकाल्यो । ३ विकेट कै क्षतिमा जित निकाले रोहिणी १ का लागि अबरारले ६५ , अफसरले १९ र धिरुले १८ रन योगदान गरे । उद्घाटन खेलको म्यान आफ द म्याच अबरार भएका थिए ।
र।ोहिणी मेयर क्रिकेट कप प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताएका थिए । १५ ओभरमा समह (ए) र (वी) गरी दुई समुहमा विभाजन गरी लिग चरणामा प्रतियोगिता हुने छ । ४ । ४ वटा टिम वीच ३ । ३ वटा प्रतियोगिता गराइने छ संयोजक कुर्मीले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार धाराशी नगद रु ६० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भने द्वितीय पुरस्कार धनराशी रु ३० हजार नगद सहित तेस्रो र चौथोलाई धनराशी १५। १५ हजार सम्मान सहित प्रदान गर्ने आयोजकले जानकारी दिएका थिए । उद्घाटन सत्र रोहिणी ३ का वडा अध्यक्ष एवम् प्रबक्ता विरबहादुर क्षेत्रीको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख अतिथ्यतामा, विशिष्ट अतिथि रोहिणी उपाध्यक्ष एवम न्यायीक समितिका संयोजक शिवकान्ति चमार, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम ,वडा अध्यक्ष हरुको उपस्थिति तथा दिनेश मौर्याको संचालनमा उद्घाटन कार्यक्रम शुभारम्भ भएको थियो ।