अन्जना चौहान
लुम्बिनी,४ माघ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ सोनर्बसी मा माघी तथा खिचडी महोत्सव कार्यक्रम सम्मपन्न भएको छ ।
खुदावागर समुदायिक सिकाई केन्द्रकाे आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिकको सहयोगमा कार्यक्रम भएको थियो ।
खुदाबगर समुदायिक सिकाई केन्दका अध्यक्ष केशव नन्द चौधरी को अध्यक्षतामा नगर प्रमुख सजरुद्दिन मुसलमानको प्रमुख अतिथिमा कार्यक्रम उद्दघाटन र सञ्चालन भएको थियो ।
थारु समुदायको साँस्कृतिको सरक्षरण र अाफ्नो धार्मिक सबद्र्धनका लागि अगामी दिनमा माघी तथा खिचडी महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि नगर पालिकाको तर्फ बाट दुईलाख बजेटको ब्यवस्थापन मिलाउछु भनी प्रतबद्धाता सजरुद्दिन मुसलमानले जानकारी दिएका थिए।
लुम्बिनी साँस्कृतिक नगरपालिका का वडा अध्यक्ष कमल अख्तार फर्किर को बिशिष्ट अतिथि पुर्व वडा अध्यक्ष मोहम्मद सैयफ मुसलमानले आ -आफनो मन्तबय राखेको थियो ।
कार्यक्रमकाे क्रममा नगरप्रमुख सजरुद्दिन मुसलमानलाई मायाकाे चिनाे दिई सम्मान गरिएको थियो। भने सम्पुर्णन अतिथिहरुलाई सम्मान पत्र दिई सम्मान गरिएकाे थियाे।
माघी तथा खिचडी महोत्सवमा विभिन्न साँस्कृतिक कला नृत्य कार्यक्रम र झाकीहरु र विभिन्न गाँउपालिका र नगरपालिकाबाट झाकीहरु बुद्ध ज्योति महिला सोनर्बर्षी, थारु महिला जगारण समाज शुद्धोधन, कञ्चन आमा समुह कञ्चन, जगरण आमा समुह कञ्चन २, राइजिग युवा क्लब सियारी, कोटाहीमाई आमा समुह कञ्चन २ बाट बिभिन्न साँस्कृतिक तथा झाकी निकाली गाँउ परिकक्रमा गरि नाच गान गरी महोत्सवलाई मनाएका थिए ।
वडा सचिव महा शर्मा अधिकारी, क्याम्पस प्रमुख राम बली यादव , सैयफ मोहम्द मुसलमान, रामजीत कोहार , राजमती हरिजन, निर्मला चाई, प्रदीप ज्ञवाली, समाज सेवी बुद्धजीवीहरुको उपास्थिति रहेको थियो ।