logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    वाल विकास शिक्षामा जोड ः वेवी स्टार मन्टेश्वरी


    १३ माघ २०७९ , शुक्रबार

    वाल विकास शिक्षामा जोड ः वेवी स्टार मन्टेश्वरी

    लुम्बिनीखबर

    सिद्धार्थनगर, माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा रहेको वेवी स्टार मन्टेश्वरी विद्यालयले वाल विकास शिक्षामा जोड दिदै आएको छ ।
    वेवी स्टार मन्टेश्वरी वि.स २०७२ साल चैत मा स्थापना भएको हो भने वि.स २०७३ साल बैशाख ९ गते वाट संचालनमा आएको प्रधानाध्यापक दीपिका भट्टराईले बताउनुभयो । वेवी स्टार मन्टेश्वरी नेपाल सरकार द्वारा मान्यता प्राप्त शिक्षण संस्था रहेको साथै प्राइवेट लिमिटेड कम्पनी, नगरपालिका तथा जिल्लामा पनि दर्ता गराई मापदण्ड पूरा गरी संचालनमा रहेको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो । यो विद्यालयमा आवश्यक भौतिक व्यवस्थापन, तालिम प्राप्त शिक्षक, तालिम प्राप्त आया र प्रयाप्त खेलमैदान समेत रहेको प्रधानाध्यापक भट्टराईले जनाउनुभयो । वेवी स्टार मन्टेश्वरीमा विद्यार्थीको संख्या ६० जना रहेको, तालिम प्राप्त शिक्षकको संख्या ५ , तालिम प्राप्त आया ३ र ५ जना तालिम लिदै शिक्षण गर्ने शिक्षकको संख्या जम्मा कर्मचारीको संख्या १३ जना रहेको प्रधानाध्यापकले जानकारी दिनुभयो । कक्षा अनुसार सेवा सुविधाको आधारमा शुल्क लिएका छौं । विद्यालयले विद्यार्थीहरुमा सिकाई गर्नका लागि कुनै पाठ्य पुस्तक संग सम्बन्धित नरहेर विद्यार्थी, अभिभावक, समाज र राष्ट्रको माग ध्यानमा राखेर कार्य गरेको प्रधानाध्यापकले बताउनुभयो । सिकाई गर्ने क्रममा विद्यार्थीको रुची ,क्षमता र आकांक्षालाई ध्यानमा राखी शिक्षण गरेको जानकारी दिनुभयो । शिक्षण गर्नका लागि पाठ्यपुस्तकमा आबद्ध नएर विद्यालयले वनाएको दैनिक ,साप्ताहि र मासिम योजना अनुसार शिक्षकहरुले बनाएको योजना अनुसार शिक्षण सामग्री प्रयोग गर्दै आएको बताउनुभयो । विद्यालयमा विद्यार्थीलाई शिक्षण गर्नका लागि र विद्यार्थीहरुले सजिलै सिक्ने उद्देश्यले कक्षाकोठामै अलग अलग कर्नर वोर्ट वनाएर विभिन्न किसिमका श्रब्य, दृष्य, श्रब्यदृष्य आदि जस्ता सामग्रीहरु राखेको प्रधानाध्यापक भट्टराईले जनाउनुभयो । विद्यार्थीहरुको सिकाई क्ष्मताको अभिवुद्धि गर्नका लागि समय समयमा लेख्न, पढ्न, नाच्न, गाउन, चित्र कोर्न, खेलकुद, शारीरिक व्याम, दैनिक क्रियाकलाप, शिष्टाचार, मनोरञ्जात्मक कार्यक्रम आदि संचालन गर्दै आएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो । वाल विकासका साथै वालकालिकाहरु शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सबैले आफ्नो भुमिका निर्वाह गर्नु पर्छ । मन्टेश्वरी तथा पूर्व प्राथमिक विद्यालयका नाममा खुलेका विद्यालयहरुलाई समय समयमा अनुगमन, निरीक्षण गरी विद्यालयको समस्या वुझिदिन जरुरी रहेको विद्यालय प्रधानाध्यापक भट्टराईले बताउनुभयो । कतिपय मन्टेश्वरी तथा पूर्वप्राथमिक विद्यालय संस्थाहरु मापदण्ड पुरा नगरी संचालनमा रहेका छन् भने कतिपय विद्यालयहरु मापदण्ड पुरा गरे पनि तालिम प्राप्त शिक्षकको आभावमा , तालिम प्राप्त आयाको आभावमा ,अभिभावकले समयमा शिक्षण शुल्क नबुझाउदाँ, कतिपय अभिभावकले शिक्षण शुल्क नतिर्ने र माग्दा विभिन्न किसिमका धम्की तथा झगडा समेत गर्नमा पछाडि पर्दैनन् यो सबै समस्याले गर्दा विद्यालयबन्द हुने गरेको जानकारी दिनुभयो । यस्ता विषयले पिडित मन्टेश्वरी तथा संस्थागत विद्यालयहरुको आन्तरिक र बाह्य समस्या बुझिदिन सरोकारवाला तथा सम्बन्धित निकायलाई अनुरोध समेत रहेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.