logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सातौँ देवदह महोत्सवको तयारी तिब्र


    १५ माघ २०७९ , आइतबार

    सातौँ देवदह महोत्सवको तयारी तिब्र

    लुम्बिनीखबर

    देवदह । सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ। ुराष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरणु भन्ने मूल नाराका साथ उद्योग व्यापार संघ देवदहको आयोजनामा यहि माघ २६ गतेदेखि फागुन १० सम्म महोत्सव हुने महोत्सवको तयारी युद्धस्तरमा अगाडी बढाइएको महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकालले जानकारी दिए।

    देवदहको गौरवको रूपमा महोत्सवको रूपमा बुटवल र भैरहवा पश्चात २०६८ मा रुपन्देहीमा पहिलो पटक मेला आयोजना गरिएको जनाउंदै संयोजक ढकालले कोरोना महामारी र त्यसयताको वित्तिय तरलताले संकटमा रहेको व्यवसायलाई चलायमान गराउनको लागि मेला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

    कृषि, उद्योग र अटोमोबाइल तथा होटल रेष्टुरेन्टको गरि १५० बढी अलग अलग स्टल रहने र स्थानिय कृषिका उत्पादनका लागि निशुल्क स्टल उपलब्ध गराईने देवदह महोत्सवमा दुई करोडबढीको व्यापार हुने अनुमान गरिएको छ। मेलाको टिकट बिक्रीबाट संकलन हुने रकमबाट निश्चित रकम देवदहको सामाजिक एवं पर्यटकीय विकासको कार्यमा खर्चिने समेत आयोजकले जनाएको छ।

    मेला संचालनको लागि ५१ सदस्यीय मेला मूल आयोजक समिती गठन गरिएको र विभिन्न उपसमितिहरू गठन गरेर तयारीमा अगाडी बढेको आयोजकले जनाएको छ । मूल समितिको संयोजक संस्थाका अध्यक्ष मेघराज ढकाल रहेका छन। संस्थाका महासचिव थानेश्वर लम्सालको संयोजकत्वमा सचिवालय निर्माण गरेको गरेको छ भने कोषाध्यक्ष सुवास बस्यालको संयोजकत्वमा आर्थिक उपसमिति संयोजक गठन गरेको छ। जसको प्रचार प्रसार उपसमितिमा दिपक न्यौपाने, साँस्कृतिक उपसमितिमा राम प्रसाद गैरे, स्टल दर्ता उपसमितिमा अमृत फुल्लेल क्षेत्री, स्टल निर्माण उपसमितिमा पर्शुराम कंडेल, सुरक्षा उपसमिति गणेश कुमार खाती, प्रायोजक तथा बिज्ञापन उपसमितिमा गोबिन्द बहादुर ठडराई, संघ संस्था समन्वय उपसमितिमा मोतिलाल ढकाल, महिला समुह तथा स्वयंसेविका समन्वय उपसमितिमा देवी ढकाल, गेट टिकट व्यवस्थापन उपसमितिमा शिव ढकाल, प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापन उपसमितिमा प्रेम क्षेत्री, र्याली व्यवस्थापन उपसमितिमा टिका पौडेल, मंच व्यवस्थापन उपसमितिमा दिपक थापा, प्रेस समन्वय उपसमितिमा बिष्णु पोखरेल, अतिथि सत्कार उपसमितिमा। जित कुमारी राना ९रुपा०, पर्यटन प्रवर्दन व्यवस्थापन उपसमितिमा यमलाल तिवारी ९भरत०, कृषि प्रवर्दन व्यवस्थापन उपसमितिमा बिष्णु पाण्डे, सरसफाई उपसमितिमा सागर अधिकारी, खेलकुद व्यवस्थापन उपसमितिमा प्रेम थापा, विद्यालय समन्वय उपसमितिमा सि। बि। थापा, रक्दान समन्वय उपसमितिमा पवन पौडेल, खानेपानी तथा विद्युत व्यवस्थापन उपसमितिमा कृष्ण न्यौपाने, टोल विकास समिती समन्वय उपसमितिमा केशव पुन र मेला अनुगमन उपसमितिमा रमेश थापालाई संयोजन तोकेको छ।

    मेलाको सह(आयोजक देवदह नगरपालिका, उद्योग व्यापार महासंघ, काठमाडौ, उद्योग व्यापार संघ र लुम्बिनी प्रदेश रहने संघले जनाएको छ।

    स्वाधिन अर्थतन्त्र निर्माणको लागि औद्योगिकिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ २०६८ सालमा उद्योग ब्यापार संघ, देवदहमा पहिलो पटक मेला आयोजना गरेको थियो । त्यसयता हरेक वर्ष उद्योग ब्यापार संघ देवदह, देवदह व्यापार संघ र देवदह उद्योग बाणिज्य संघले आलोपालो मेला आयोजना गर्दै आएका छन्।

    ५२५ जना उद्योगी व्यापारीहरु आबद्ध भएको देवदह ब्यापार संघले स्थापनादेखि नै लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम, सरसफाई सम्बन्धी कार्यक्रम, प्रथम तिज गित महोत्सब देवदह सडक खाना महोत्सब ९फूड फेस्टिवल० लगायतका कार्यक्रम गर्दै आएको छ।

    देवदह क्षेत्रमा रहेका ऐतिहासिक पाकरी वृक्ष, भवानीपुर, कन्यामाई, देवदह क्षेत्र, खयर डाँडा, माथागढी, रोहिणी नदी, गौतमबुद्ध राष्ट्रिय उद्यान ९काष्ठ कला०, प्रस्तर कला, देवदह ताल, सातपत्रे सिमसार क्षेत्र तथा अन्य महत्वपूर्ण पर्यटकिय स्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने, देवदह नगरलाई ऐतिहासिक, धार्मिक एवम पर्यटकिय स्थलको रुपमा विकास गर्ने, यस क्षेत्रका कृषकहरुलाई अर्गानिक तरकारी खेती तथा आधुनिक कृषि व्यवसायतर्फ प्रोत्साहन गर्ने लगायतका उद्देश्य लिएर मेला आयोजना गरिएको र मेलाले लिएका लक्ष्य पुरा हुने मेला सचिवालय संयोजक थानेश्वर लम्साल बताउछन।

    मेलामा ताजा तरकारी, फलफुल, माछा, तथा अन्य कृषि उपजहरु, दुग्ध तथा दुग्ध जन्य उत्पादनहरु, विउ विजन तथा मलखाद ९जैविक वा प्राङगारिक मल०, कृषिऔजार, प्रविधी तथा यन्त्र, जडिबुटी तथा औषधि, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा छाला जन्य सामानहरुको विक्री वितरण हुने र स्थानीय उत्पादनलाई विशेष छुट सहित स्टल लिन र व्यवसायको प्रवर्धन गर्न प्रोत्साहित गरिने आयोजको भनाई रहेको छ।

    माघ २६ गते देवदह मण्डपमा उद्दघाटन गरिने मेलाको तयारी स्वरूप दैनिक छलफल तथा बैठक सम्पन्न भैरहेको र सबै देवदहवासीले अपनत्व गर्ने र सबैले गर्व गर्न लायक मेला बनाउन सोहि अनुसार तयारी गरिएको मेलाका प्रेस समन्वय उपसमिति संयोजक विष्णु पोखरेलले बताए। तयारी स्वरूप देवदहका राजनीतिक दल, सामाजिक संघसस्थाका प्रतिनिधि, मिडियाकर्मी, महिला तथा आमा समूह, स्वयम् सेवीका, शिक्षक लगायतसंग छुट्टाछुट्टै छलफल सकिएको उनको भनाई छ।

    देवदह आइडल, लोकनृत्य प्रतियोगिता, विज्ञान प्रदर्शनी लगायतका गतिविधि समेत संचालन हुने मेलामा साधारण प्रवेश शुल्क ७० र विद्यार्थी सहुलियत टिकट ५० मा खरिद गर्न पाइने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.