logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    स्त्री रोग सम्बन्धि १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम


    १६ माघ २०७९ , सोमबार

    स्त्री रोग सम्बन्धि १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम

    दीपक कलवार
    सुर्यपुरा,  माघ । रुपन्देहीको गैडहवा गाउँपालिका वाड नम्बर ९ को शिवनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्त्री रोग सम्बन्धि १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ४८ जनाले सेवा लिएका छन् । कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले स्वास्थ्य नै हर जीवित प्राणीको पहिलो प्राथमिकता रहेको बताउदैं गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकताका साथमा काम गरेको बताउदैं महिलाहरुको स्वास्थ्य समस्या धेरै हुन्ने बताउन नसक्दा पीडित भएकोले महिलाको स्वास्थ्यमा गाउँपालिकाले गम्भीरता पुर्वक काम गर्ने भनाइ राख्नु भयो ।
    कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले महिलाको हरेक स्वास्थ्य समस्या समाधान गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको साथै सबै माहिला तथा पुरुषले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु पर्ने भनाइ राख्नुभयो ।
    गैडहवा स्वास्थ्य शाखाको तर्फबाट सीता गौतम, डाक्टर सतिस रुपाखेती तथा बिष्णु गुरुङ लगायतले सामान्य स्वास्थ्य कुरामा ख्याल नगर्दा ठुला रोगले आक्रमण गर्ने हुदाँ स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रमको अध्यक्षत्ता गैडहवा वाड नंम्बर ९ का अध्यक्ष मिना क्षेत्रीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाको समन्वयमा वाड नम्बर ९ ले काम गर्दै आएको बताउदँै महिलाहरुको समस्या महिलाले मात्रै बढी मात्र बुझने भन्दै कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद समेत दिनु भयो ।
    कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसंस्था ,सञ्चारक्रमिको उपस्थिति रहेको, स्वास्थ्य चौकी इन्चार्ज तथा कार्यक्रम संचालक बन्दना चौहानको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.