logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    शून्य पोलोथिन अभियान सुरु लुम्बिनीमा, विद्यालय देखि विश्वविद्यालय तहमा जनचेतना जरुरी


    १६ माघ २०७९ , सोमबार

    शून्य पोलोथिन अभियान सुरु लुम्बिनीमा, विद्यालय देखि विश्वविद्यालय तहमा जनचेतना जरुरी

    दीपक कलवार
    सुर्यपुरा, माघ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान कार्यक्रम सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
    लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रीनरी नेपाल संस्थाले संचालन गरेको यो अभियान ६ महिना सम्म चल्ने छ । आइतबार अभियानको शुभारम्भ गर्दै रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताउनुभयो ।
    सांसद घिमिरेले यस अघि आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शुन्य खुला पोलिथिनमुक्त नगर बनाउन एक लाख बढी नगरबासीलाई सरसफाई अभियानमा सहभागी गराएको उल्लेख गर्दै व्यापक जनसहभागिताले मात्र अभियान सफल हुने स्पष्ट पार्नुभयो । उहाँले लुम्बिनी पछि रुपन्देही क्षेत्र नम्बर ५ का अन्य स्थानीय तहलाई समेत शून्य पोलोथिन बनाउन पहल गर्ने स्पष्ट पार्नुभयो ।
    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाई लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएकाले शून्य पोलोथिन अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । अभियानलाई सफल बनाउन ‘माई पकेट माई फष्ट डष्टबिन’ अवधारणालाई लुम्बिनीमा पनि कार्यान्वयन गराउनु पर्नेमा उहाँको जोड छ ।
    शून्य पोलोथिन अभियान कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हृदयरत्न बज्राचार्यले पोलिथिन जन्य फोहोरले पर्यावरण र जलवायु परिवर्तनमा नकारात्मक असर परेकोले विद्यालय देखि विश्वविद्यालय तह सम्म यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै यो अभियानमा विश्वविद्यालय पनि सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।
    शून्य पोलोथिन अभियान कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यवसायिक संघ संस्थालाई सहभागी गराई ६ महिना सम्म सरसफाई अभियान संचालन गरी नगरलाई पोलिथिन शून्य बनाउने जानकारी दिनुभयो ।
    शून्य पोलोथिन अभियान कार्यक्रममा ग्रीनरी नेपालका अध्यक्ष निपेश ढकालले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक सचेतना अभिवृद्धिका साथैं फोहोर संकलन, फोहोर वर्र्गीकरण र फोहोर बिसर्जनमा खटिने बताउँदै यो अभियानमा सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।
    शून्य पोलोथिन अभियान कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपनिरीक्षक रवीन्द्र रेग्मी, सरसफाई अभियान्ता उपेन्द्र अधिकारी, मुक्तिनाथ गैह्रे लगायतले बुद्ध जन्म स्थल लुम्बिनीलाई पोलिथिन शून्य बनाउने अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.