झब्बर यादव
सिद्धार्थनगर, माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा बहुमुखी क्याम्पसले माघ १७ गते सोमवार विहान ८ वजे शोक सभा कार्यक्रम गरेको छ ।
शोक सभा कार्यक्रमलाई प्राध्यापक इन्द्र बहादुर थापाले सम्वोधन गर्दै भैरहवा बहुमुखी क्याम्पसमा वि.एस.सी संकायको प्रथम वर्षमा अध्ययनरत पल्लहीनन्दन गाउँपालिका वडा नम्बर २, नवलपरासीमा बस्ने स्वः अजिम पठान को मिति २०७९ साल माघ १५ गते असमायिक निधन भएको खबरबाट हामी सम्पूर्ण भैरहवा बहुमुखी क्याम्पस परिवार मर्माहित बनेका छौं ।
यस दुःखद घडीमा दिवांगत आत्माको चिरशान्तिको साथ स्वर्गवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारन, ईष्टमित्र, तथा शुभचिन्तक प्रति सहानुभुति प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं ।
शोक कार्यक्रममा क्याम्पस प्रमुख ,सह प्रमुख, प्राध्यापक शिक्षक, विद्यार्थी तथा अन्य कर्मचारीहरुको उपस्थितिमा १ मिनेट मौन धारण गरी कार्यक्रम सम्पन्न भएको थियो ।