लुम्बिनीखबर
सिद्धार्थनगर, माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवामा सहिद सुकदेव राष्ट्रिय कार्यदल तथा तमु राष्ट्रिय मुक्ति मोर्चा , नेपाल लुम्बिनी प्रदेश समिति द्वारा सहिद दिवसको अवसरमा माघ १६ सोमवार माला अर्पण कार्यक्रम गरेको छ ।
कार्यक्रममा जहानीया राणा शासनको अन्त्यको लागि संघर्ष गर्ने महान अग्रणी योद्धा सहिद सुकदेव गुरुङ् लगायतका सहिदहरुले दिएको बलिदान, त्याग, समर्पणको लागि हार्दिक श्रद्धासुमन व्यक्त गर्दै नेपाली जनता र राष्ट्रका लागि दिएको बलिदान साहसी योद्धाहरुलाई विगत देखि हाल सम्मका परिवर्तनका ढोका बनाउने शासकहरुबाट विभेद पूर्ण व्यवहार गरिएको छ । सहिदको नाममा शासन सत्तामा जाने शासकहरुलाई के माफ गर्लान् ? इतिहासले हामीलाई नयाँ जीवन दिन्छ ? इतिहास हिजोको वर्तमान थियो भने वर्तमान भोलीको वास्तविक इतिहास हो ? जव इतिहास परिवर्तनलाई रोक्ने लुकाउने प्रयत्न गरिन्छ तब देशमा संघर्ष र क्रान्ति भएका छन् । सहिद भनेको देशको गहना हुन, जसको विरता, साहस, आफ्नो रगतको बलिदानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । हाम्रो संगठनले लुम्बिनी प्रदेशबाट अभियान संचालन गर्दै प्रदेश र जिल्ला तहमा अभियान संचालन गर्दै राष्ट्र व्यापक रुपमा सहिद घोषणाको लागि कार्यक्रमहरु अगाडि बढाउदैं आएका छौं । भैरहवा स्थित स्थापना भएको शालिक स्थान्तरण गरिएको छ । यसको सम्पूर्ण व्यवस्थापन शालिकको पनः निर्माण समेत भएको छ । काठमाडौंको केन्द्रीय स्तरको सर्वदलीय सर्वपक्षीय अन्तरसम्वाद कार्यक्रममा उपस्थित भई सहिद घोषणा राष्ट्रिय जागरण अभियान कार्यक्रम सफल बनाइ दिन भएकोमा हार्दिक धन्यावाद ज्ञापन गर्दछौं ।
विशेष गरी अहिले गठबन्धनको सरकारको प्रमुख नेताको हैसियतले जहानिया राणा शासनको अन्त्यको लागि सहिद भएका अग्रणी सहिद सुकदेव गुरुङलाई सहिद घोषणा नगर्नु गणतन्त्रात्क सरकारको लज्जास्पत विषय हो । त्यसैले हामी अपिल गर्न चाहन्छौं की तत्कालै गठबन्धनको सरकारले यथाशीघ्र सहिद घोषणा गरोस् र यहाँको पार्टीको तर्फवाट विशेष पहल होस् भन्ने अपिल गर्दछौं । शालिकको व्यवस्थापन संगै पुनः निर्माण, वाल निर्माण, रङ् रोगन , शिला लेख लेखन, विद्युत्त जडान संगै सहिद पार्कमा हाल व्यवस्थापनको काम अधुरो भएकोले सम्पूर्ण उद्योग व्यवसायी तथा समाजसेवीहरुबाट सहिद घोषणा विशेष सहयोगको अनुरोध गर्दछौं ।
सहिद राष्ट्रिय जागरण अभियान संचालन भएको छ । राज्यको सरकारले यथाशीघ्र सहिद घोषणाको लागि माग गर्दछौं । हाम्रो संगठनको तर्फवाट सम्पूर्ण नागरिक समाज, राजनैतिक दल, संघ संस्था, मिडिया कर्मी , मानव अधिकार कर्मी ,समाजसेवीहरुमा हाम्रो संर्घषको कार्यक्रममा सहयोगको अपिल गर्दछौं । राष्ट्रिय सहिद दिवसको अवसरमा हामी भन्न बाध्य भएका छौं । वि.स १९३३ साल चैत्र १० गते जङ्ग बहादर राणा को शासन कालमा हत्या गरिएको सहिद सुकदेवलाई हाल सम्मका शासकहरुले वास्तविक इतिहास र बलिदानीलाई पूर्वाग्राही दृष्टिकोणले हेरिनु र राष्ट्रका वीर वीरङ्गनाहरुलाई राज्य द्वारा अपहेलित र अपमान गरिनुको आपत्ति भर्तसना गर्दछौं ।
माघ १६ गते सहिद दिवसको अवसरमा सहिद शालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ भने यसका सथै विभिन्न कार्यक्रमहरु कहिले गर्ने भन्ने कुराको योजना समेत तयार गरिसकेको सहिद सुकदेव राष्ट्रिय कार्यालय नेपाल केन्द्रीय समितिका अध्यक्ष वा तमु राष्ट्रिय मुक्ति मोर्चा , नेपाल लुम्बिनी प्रदेश समितिका इन्चार्ज धनबहादुर तमुले जानकारी दिनुभयो । माघ २१ र २२ गते ज्ञापन पत्र बुझाउने कार्यक्रम, फाल्गुन २५ गते शनिवार छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने, माघ २७ गते शुक्रवार १२ वजे दरवार लन पार्टी प्यालेसहमा कार्यक्रम गर्ने, फाल्गुन ८ हाम्रो संगठनको तर्फ तथा जातिय प्रादेशिक संगठन, मोर्चा , सम्पूर्ण नागरिक समाज, राजनैतिक दल, मिडिया कर्मी , मानव अधिकार कर्मी ,समाजसेवीहरु र संघ प्रदेशका माननीय संसद सहित संगको अन्तरक्रिया कार्यक्रम गर्ने, फाल्गुन २२÷२९ प्रादेशिक भेला कार्यक्रम गर्ने, फाल्गुन २५÷२९ प्रादेशिक तथा केन्दीय बैठ्क गर्ने , माघ २४ गते गोष्ठी कार्यक्रम गर्ने, चैत १० गते सहिद दिवस भैरहवा संचालन गर्ने, २०८० साल बैशाख २४ गते संघीयता र राष्ट्रिय सहिद विषयक गोष्ठी कार्यक्रम गर्ने तमु राष्ट्रिय मुक्ति मोर्चा , नेपाल लुम्बिनी प्रदेश समितिका इन्चार्ज वा सहिद सुकदेव राष्ट्रिय कार्यालय नेपाल केन्द्रीय समितिका अध्यक्ष तमुले जानकारी दिनुभयो ।