अन्जना चौहान
लुम्बिनी, माघ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको लुम्बिनीमा नगरपालिका स्तरीय परियोजना शुभारम्भ कार्याशाला कार्यक्रम गरिएको हो ।
कार्यक्रम इस्लामिक रिलिफ यु.एस.डि को सहयोग विकास तथा प्रकोप व्यवस्थापन केन्द्र सि.डि.एम नेपाल र लुम्बिनी एकीकृत विकास संस्था नेपाल, कपिलबस्तु स्थानीय साझेदारी संस्थाहरुको आयोजनामा न्यून आय भएका संकटासन्न समुदायहरुको उत्थानशीलता अभिबृद्धि परियोजना नगरपालिका स्तरीय परियोजना शुभारम्म कार्यशाला कार्यक्रम लंकापुरको सि.एल.सि मा संचालन गरिएको हो ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमाने यो लुम्बिनी साँस्कृतिक नगरपालिकाको आय न्युन भएको न्युन आयका कारणले संकटासन्न समुदायहरुके उत्थानशीलता अभिवृद्धि कसरी गर्ने भन्ने परियोजको बारेमा बताउदै कार्यक्रमको उद्घाटन समेत गर्नु भएको हो ।
कार्यक्रममा परियोजनाको उद्देश्य जलवायु परिवर्तनवाट प्रभाविक रुपन्देही तथा कपिलवस्तु जिल्लाका चार नगरपालिका न्यून आय भएका र संकटासन्न घर परिवारको स्वास्थ्य, खाद्य, सुरक्षा, खानेपानी, सरसफाइ तथा स्वचछता, प्रवर्धन उत्यानशीलतामा सुधार ल्याउने लक्ष्य रहेको छ । स्थानीय निकायको छलफलबाट आएको सुझाव र सल्लाहहरुलाई समेटदै प्रक्रियालाई स्थानीयबाट स्वीकृत गराउने र परियोजना सम्बन्धि स्थानीयहरुको सुझाव र सलाहकार समितीको गठन तथा अन्य संगठनको छलफलबाट अगाडि बढाउने कार्यक्रममा सि.डि.एमका अध्यक्ष तारा काफ्लले बताउनुभयो ।
परियोजनाको अवधि ३ वर्ष रहेको छ । पहिलो वर्ष स्वीकृत अवधि भएको हुनाले स्वीकृत अवधी १० महिना सम्म सुरुबाद गर्ने कार्यक्रममा जनाउनुभयो । उक्त परियोजना कार्यक्रम लागि बजेट ४ करोड ४३ लाख ९० हजार तथा कार्यक्रम बजेट ३ करोड ६१ लाख ६४ हजार संख्यामा सुरु हुने कुरा कार्यक्रम संचालक गोविन्द सुनारले जानकारी दिनुभयो ।
कार्यक्रम समरीमाई गाउँपालिका तथा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २, ४, र ११ मा संचालित गर्ने र साथै सि.डि.एम फिल्ड अफिस महिलवारमा संचालित रहेको दिनेश क्षेत्रीले जनाउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्रर पान्डेय, विपद व्यवस्थापन राष्ट्रिय अध्यक्ष जगरनाथ कुर्मी, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्वस २ का अध्यक्ष इनामुल्लाह फकिर , लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ४ का अध्यक्ष विनोद श्रीस्वातव ,वडा नम्बर ३ का वडा अध्यक्ष अकरामुद्दीन नाँउ , वडा नम्बर १२ का वडा अध्यक्ष हरिकेश लोध, वडा नम्बर ११ का वडा अध्यक्ष सचिव राजेन्द्र प्रसाद यादव , कुषि शाखा प्रमुख, योजना शाखा प्रमुख, नगरपालिका कर्मचारी, सि.डि.एम का सम्पूर्ण कर्मचारी, बुद्धिजीवी, समाजसेवी आदि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।