अन्जना चौहान
लुम्बिनी, २० माघ । नेपालबाट भारतमा अवैध सुनको कारोबार गर्दै आएका कपिलवस्तुका राजेश बर्मालाई प्रहरीले राती पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर ६ बस्ने राजेश बर्मालाई प्रहरीको विशेष सुराकको आधारमा तौलिहवा स्थित जमुवार पुलमा गए राती ९ बजे प्रहरीले पक्राउ गरेको हो ।
भारतको नौगढबाट सुन बिक्री गरेर तौलिहवा आउँदै गरेको सूचना पाए पछि एस.पी प्रेम बहादुर बस्नेत आफै नाकामा चेकजाँचका लागि खटिएका थिए । यस क्रममा बर्मा सवार यु.पी ५५ ए.एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा प्रहरीले २१ लाख ७ हजार १ सय भारतीय रुपैयाँ बरामद गरेको बताउनुभयो । उनीहरु संगै गाडी चालक भारतीय नागरिक हमिद मुसलमान पनि पक्राउमा परेका छन् । पक्राउ तीनै जनासंग बयान लिने क्रम जारी रहेको र थप संलग्नहरुको नाम बाहिर आउन सक्ने बताइएको छ । राजेश बर्माले पकडीमा सँुन पसल संचालन गरी बसेका छन् । उनले त्यहाँबाट विभिन्न चरणमा सीमा क्षेत्र चाकर चौडा हुँदै भारतको सिद्धार्थनगर सम्म सुँनको तस्करी गर्दै आएका थिए । उनीसंग तौलिहवाका प्रतिष्ठित सुँन व्यापारीहरु समेत जोडिएको प्रहरी श्रोतले जनाएको छ । बर्मा ३ बर्ष अघि समेत ५ सय ग्राम सुँन सहित पक्राउ परेका थिए । उनले तौलिहवाका व्यापारीहरु संग सुँन लिएर भारतमा सप्लाई गर्दै आएको बताइन्छ ।
अवैध कमाईलाई बैध बनाउन बर्माले तौलिहवामा मेरो मार्ट भन्ने सपिङ्ग सेन्टर समेत संचालन गरेका छन । २ महिना देखि सीमा क्षेत्रमा सँुन तस्करी बढे पछि भारतीय रुपैँया कमजोर बन्न गएको छ । १ सय भारुको १६० खरिद बिक्री हुनु पर्नेमा अहिले १५५ देखि १५७ मा मात्र खरिद बिक्री हुँदै आएको छ । प्रहरी उपनिरक्षक प्रेम बहादुर बस्नेतले पक्राउ तीनै जना संग सोध पुछ भइरहेको वेलामा बताए । उनीहरु पहिले देखि नै शंकास्पद थिए र हामीले पछ्याइरहेका थियौ, रकमको श्रोत अझै खुल्न नसकेको थप अनुसन्धान गर्दैछौ बस्तेतले बताए ।