झब्बर यादव
सिद्धार्थनगर, माघ । रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ ले जनचाहना अनुसारका कार्य गदै आएको छ । वडामा आफु निर्वाचित भए पछि जनताको स्वास्थ्य प्रतिको समस्यालाई मध्यनजर गरेर वडामा निःशुल्क एम्वुलेन्स सेवा प्रदान गर्दै आइरहेको वडा अध्यक्ष इनामुल्लाह फकिरले बताउनुभयो । यो वडा कृषिका लागि एकदमै योग्य र उर्वर भुमि प्रसस्त मात्रामा रहेको छ । यहाँ विभिन्न किसिमका बालीहरु लगाइन्छ । कृषकहरुले लगाएको वाली सिचाईको सुविधा नभएको हुदाँ वाली नष्ट भएको देखिन्छ । त्यसैले यस समस्यालाई विशेष ध्यानमा राखि कृषकहरुलाई कृषि मिटर फारमका लागि लाग्ने शुल्क तथा विद्युत्त महसुल वडाले नै तिर्ने व्यवस्था रहेको वडा अध्यक्ष फकिरले बताउनुभयो । कृषिका लागि विद्युत्त मिटर जडानका साथै वोरिङ् तथा लिप्ट सिचाईका लागि प्रयास रहेको वडा अध्यक्ष फकिरले जनाउनुभयो । वडा कार्यालयको नजिक रहेको स्वास्थ्य केन्द्रलाई पूर्ण रुपमा तयार गरी वडावासीहरुलाई निःशुल्क चेकजाँच, औषधी उपचार जस्ता सेवा प्रदान गर्ने कार्य केही दिनमै सुरु हुने वडा अध्यक्ष फकिरले जानकारी दिनुभयो । खानेपानीको क्षेत्रमा वडा भित्र रहेका गरीब बस्ती, विपन्न बस्ती, सार्वजनिक ठाउँ, मठमन्दिर जस्ता ठाउँका ह्यान्ड पाइप जडान गर्ने साथै शुद्ध र स्वच्छ खानेपानीका लागि ह्यान्ड पाइपमा मात्र सिमित नरहेर खानेपानी ट्याङ्की निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष फकिरले बताउनुभयो । वडा भित्र रहेका हरेक वाटोघाटोलाई पूर्ण रुपले हिलो मुक्त बनाउने हाम्रो योजना रहेको वडा अध्यक्ष फकिरले जानकारी दिनुभयो । वडा भित्र रहेका विद्यालयहरुमा नियमित अनुगमन कार्य गर्दै आइरहेको ,विद्यालयमा शैक्षिक, भौतिक तथा प्रशासनिक कार्यलाई चुस्तदुरुस्त पार्ने गरी निर्देशन दिनुका साथै शिक्षाको क्षेत्रलाई अनुगमन गर्दा विद्यालयको आवश्यक्ता अनुसारको बजेट विनियोजन गरेको वडा अध्यक्ष फकिरले बताउनुभयो । युवाहरुको आवश्यक्तालाई मध्यनजर गरेर वडामा रहेको नौखनिया ताललाई व्यवस्थित पारी खेलमैदान निर्माण गर्ने योजना वडाले रहेको वडा अध्यक्ष फकिरले जानकारी दिनुभयो । वडामा पिकनिक स्थल बनाउने वडाको विशेष योजना समेत रहेको वडा अध्यक्ष फकिरले बताउनुभयो । वडा अध्यक्ष फकिरले भने ः “वडाबासीहरुलाई सरल, सहज र सुलभ तरिकाले सेवा प्रदान गर्नमा वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु सहकार्य गरी अगाडि बढिरहेका छौंं ।”