अन्जना चौहान
लुम्बिनी, माघ । रुपन्देहीको लुम्बिनी संस्कृतिक नगरपालिकाले पालिका स्तरीय किशोरी अधिकार मञ्चको मासिक बैठक कार्यक्रम माघ २६ सम्पन्न गरेको छ ।
किशोरी अधिकार मञ्चको आयोजनामा लुम्बिनी संस्कृतिक नगरपालिका स्तरीय ओरेक केयर नेपालको सहयोगमा लुम्बिनी मानवीय सहायताको क्षेत्र महिला र नेतृत्व स्नेह आवाज र परियोजनाको लागि ओरेक केयर नेपाल रन्जना चौधरीको नेतृत्वमा २७ सदस्य चयन भएका छन ।
परियोजना संचालन गर्नको लागि लुम्बिनी उर्जाशील युवा महिला समूह गठन गरी किशोरी अधिकार मञ्चको मासिक बैठक सुनिता हरिजनको अध्यक्षतामा गठन भएको समुहको अध्यक्ष मन्जु ढकाल, उपाध्यक्ष शिला हरिजन , सचिव ढिका कडेल, सह–सचिव कमलावती यादव, कोषाध्यक्ष विन्दवासनी बनिया लगायत २७ महिलाहरुको समुह गठन भएको छ ।
सन् २०२२ मा संचालन भएको स्नेह परियोजना रुपन्देही लगायत अन्य पाँच जिल्लामा संचालित रहेको छ । परियोजना अन्तर्गत यस लुम्बिनी साँस्कृतिक नगरपालिका स्तरीय हुने मुख्य उद्देश्य महिलालाई सीप मुलक तालिम, शिक्षा सम्बन्धि कार्यक्रम, पैरवी योजना, विपत व्यवस्थापन समिति समन्वय आदि जस्ता कार्यक्रमहरु गर्ने भनी जानकारी दिदैं पाँच वर्ष सम्म कार्यरत रहने रन्जना चौधरीले बताउनुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले महिलाहरुलाई सीप मुलक तालिम धेरै महत्वपूर्ण छ । महिलाले तालिमबाट सिकेका कामले आफ्नो जीविकोपार्जन गर्न सक्छन् । सानो कामले ठुलो प्रगति हुनसक्छ भनि जानकारी दिनु भएको थियो । वडा स्तरीय समूह महिला, किशोरी अधिकार मञ्चका कार्यरत सदस्यहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।