पशुपति यादव
रोहिणी , माघ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा १२ औं हिउँदे अधिवेशन शुरु भएको छ । ०७९÷८० को विनियोजित बजेटलाई योजनामा थप घटमा अधिवेशनको भुमिका उल्लेखनिय रहेको वार्ड नम्बर ५ का अध्यक्ष साथै पालिकाको प्रवक्ता मदन प्रसाद पोख्रेलले बताएका थिए । अहिले १५ शैयाको अस्पताल पालिकामा स्तरीय बनाउने योजना अघि सरेको पोख्रेलको भनाई रहेको थियो । ओमसतिया गाउँपालिकाको आफ्नो भवन भए त पनि भवन क्षेत्रको जग्गा व्यक्तिको नाममा रहेको प्रवक्ताले जानकारी गराएका थिए । यो हिउँदे अधिवेशन माघ २७ र २८ गते चल्ने योजना शाखाले जनाएको छ । माघ २७ गते शुरु भएको हिउँदे अधिवेशन चलिरहदाँ प्रतिवेदन अनुमोदन नभएको एक कार्यपालिका सदस्यले जनाएका छन् । हिउँदे अधिवेशनमा वडा अध्यक्ष कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा रहेको सुचना शाखाले जनाएको छ । माघ १७ गते हिउँदे अधिवेशन प्रशासकीय प्रमुख सागर गौतमको संचालन र न्यायीक समिति संयोजक पालिकाका उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि सुनिता चौधरी र पालिका अध्यक्ष मन्जीत कुमार यादव (सोनु) को अध्यक्षतामा हिउँदे अधिवेशन शुरु भएको छ । प्रतिवेदन अनुमोदन पछिको थप समाचार अरु आउँन बाँकी रहेको छ ।