logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    गैडहवामा चाँैथो  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


    २ फाल्गुन २०७९ , मंगलबार

    गैडहवामा चाँैथो  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    दीपक कलवार
    सुर्यपुरा,  फागुन । रुपन्देहीको गैडहवा गाउँपालिकामा चांैथो गैडहवा राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगिता सोमबार देखि सुरुवात हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको गैडहवा गाउँपालिकामा पालिका स्तरीय चांैथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । खेल वडा नम्बर ६ को सुर्यपुरा बहुमुखी क्याम्पसको खेलमैदानमा सुरू भएको छ । खेलको शुभारम्भ रुपन्देही क्षेत्र नम्बर ५ का संघीय संसद बासुदेव घिमिरेले उद्घाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले पालिका स्तरमा आयोजना हुने यस्तो खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने बताउनुभयो । खेलले खेलाडी उत्पादन मात्र नगरी शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भुमिका खेल्ने बताउँदंै क्षेत्र नम्बर ५ भित्र कृषिको लागि मलखाद्य गौसाला निर्माणको लागि आफू लागि परेको बताउँदै कार्यक्रममा विद्यार्र्थी खेलाडीहरूलाई अग्रिम बिजयीको शुभकामना समेत व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश संसद भुमिश्वर ढकालले प्रतियोगिता हार र जित नभई मित्रता बढाउँन र खेलाडीहरूमा रहेका प्रतिभा देखाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताउँदै खेलमा सम्पूर्ण सहभागी विद्यालयलाई जितको शुभकामना दिनु भयो । निवर्तमान गाउँपालिका अध्यक्ष बच्चुलाल केवट वडा अध्यक्ष विजय शर्मा, वडा अध्यक्ष मिना थापा तथा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि लगायतले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा बिद्यार्र्थी हरुलाई सहभागी हुन मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीले स्वागत मन्तव्य राख्दै खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना समेत दिनुभयो । गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताउँदै गाउँपालिकाले गौरवका योजना गैडहवा ताल एशोधरा पार्क, गौसला लगायत गाउँपालिकाले अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा स्थानीय बसिन्दाहरु, बुद्धिजीवी, अभिभावक पत्रकार लगायतको उपस्तिथि रहेको थियोे साथै कार्यक्रममा वीच वीचमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख माधव पौडेलले गर्नु भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.