logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    स्मरणीय व्यक्तिलाई सम्मान कार्यक्रम


    २ फाल्गुन २०७९ , मंगलबार

    स्मरणीय व्यक्तिलाई सम्मान कार्यक्रम

    अन्जना चौहान
    लुम्बिनी, फागुन । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ मा रहेको पड्रियाको धर्मशालामा श्री सरिपुत्त फाउन्डेसन र लुम्बिनी शाक्यमुनि वुद्ध आश्रम द्वारा स्मरणीय व्यक्तिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा सहयोगी संस्था श्री सरिपुत्त फाउन्डेसन र लुम्बिनी शाक्यमुनि वुद्ध अनाथ आश्रमको आयोजनामा भएको कार्यक्रममा स्वर्गीय पत्रकार विन्दु कुमार चौहानको सम्झनामा उनको छोरा अमित चौहानलाई सम्मान गरिएको थियो ।
    लुम्बिनीवासी स्वर्गीय पत्रकार विन्दु कुमार चौहानको सम्झनामा लुम्बिनी शाक्यमुनि बुद्ध अनाथ आश्रम द्वारा एक सप्ताह पछि अपाङ्ग, एकल महिला, अति विपन्न परिवारहरुलाई खाद्यान्न सामग्री वितरण गरिने संस्थाका अध्यक्ष ओमकार नाथ पाण्डेले बताउनुभयो । उनले स्व चौहानको प्रसंशा गर्दै यस समाजले एउटा इमानदार र निडर पत्रकार गुमाएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
    कार्यक्रमको प्रमुख अतिथि तथा लुम्बिनी संस्कृतिक नगरपालिकका नगर प्रमुख सजरुद्दीन मुसलमानले श्री सरिपुत्त फाउन्डेसनलाई धन्यवाद दिदैं स्व पत्रकार चौहानको प्रसंशा गरेका समेत गरेका थिए । उनले भने “स्व पत्रकार चौहान २० औं वर्ष देखि पत्रकारिता क्षेत्रमा आवद्ध रही यस क्षेत्रका सामाजिक सुधार लगायत अन्य क्षेत्रमा पनि उहाँको निकैँ योगदान रहेको थियो ।” बताउनुभयो ।
    ओमकार नाथ पाण्डेको स्वगत मन्तव्यमा भएको कार्यक्रमको प्रमुख अतिथि नगरपालिका अध्यक्ष सजरुद्दीन मुसलमान ,विशिष्ट अतिथि श्री सरिपुत्त फाउन्डेसनका अध्यक्ष भन्ते शुमंगलो अतिथि वडा सदस्य चन्दा धोवी, थिन्किङ रिचका संचालक दिनेश गुप्ता, लुम्बिनी ताजा खबरका प्रबन्धक राजन मिश्रा, लुम्बिनी खबर संवादाता अन्जना चौहानको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.