असलम खाँन
मर्चवार, फागुन । रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर ४ मा रहेको देवानगढीयामा किशोरीलाई १ दिने गोष्ठी तालिम कार्यक्रम सम्पन्न भएको छ । किशोरी अधिकार मञ्चको आयोजनामा र मर्चवारी गाउँपालिकाको सहयोगमा स्थानीय १०० जना भन्दा बढी किशोरीहरुको सहभागितामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा सहभागि भएका किशोरीहरुलाई सेनेटरी पैड वितरण गर्नुका साथै किशोरी सम्बन्धी १ दिने गोष्ठी तालिम समेत सम्पन्न भएको छ । कार्यक्रम सत्यभामा यादव को अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, विशिष्ट अतिथि वा गाउँपालिका उपाध्क्ष आशा सिंह, वडा नम्बर ४ का वडा अध्यक्ष ओमप्रकाश चौधरीका साथै स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।