दीपक कलवार
सुर्यपुरा, फागुन । रुपन्देहीको गैडहवा गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । चौँथो राष्ट्रपति रनिङ् शिल्ड २०७९ को उपाधी श्री सुर्यपुरा माध्यमिक विद्यालयले हासिल गर्न सफल भएको छ ।
गैडहवा गाउँपालिकामा पालिका स्तरीय चांैथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ समापन कार्यक्रम माधव पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौडेल, विशिष्ट अतिथि गैडहवा गाउँपालिक उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले आफनो मन्तव्य राखेको थिए ।
चाँैथो गैडहवा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको खेलमा सुर्यपुरा माध्यमिक विद्यालयले ११ स्वर्ण १ रजत र ६ कास्य पदक हासिल रु २५ हजार नगद पुरस्कार समेत प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरी हसनापुर माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ४ कास्य पदक हासिल गर्नुका साथै रु १० हजार नगद प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । जीवन ज्योति माध्यमिक विद्यालयले ४ स्वर्ण, ९ रजत र ५ कास्य पदक हासिल गरेको साथै रु ५ हजार नगद प्राप्त गरी तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीलेले स्वागत मन्तव्य राख्दै खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम समापनमा बिजेता भएका विद्यालयलाई बधाई तथा शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताउँदै गाउँपालिकाले अध्यक्षले खेलकुदमा कमी कमजोरीलाई नियाल्दै अगामि दिनमा सबै विद्यालयहरुलाई सहभागि गराउँदै खेललाई सभ्य र भब्य बनाउन पौडेलले बताउनुभयो ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक, पत्रकार लगायतको उपस्तिथिमा कार्यक्रम संचालन गरिएको थियो साथै कार्यक्रममा विच बीचमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेर कार्यक्रमलाई सफल पार्न सहभागी सबैलाई धन्यावाद समेत शिक्षा शाखा प्रमुख माधव पौडेलले दिनुभएको थियो ।