logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भोलेको प्रकट दिवस मनाउँदै श्रद्धालु भक्तजन


    ६ फाल्गुन २०७९ , शनिबार

    भोलेको प्रकट दिवस मनाउँदै श्रद्धालु भक्तजन

    पशुपति यादव
    रोहिणी,  फाल्गुन । नेपाल भारत लगायतका हिन्दु राष्ट्रहरुमा महा शिवरात्रीको दिन भगवान भोले नाथ जीको जन्म दिन मनाउँदै श्रद्धालुभक्तजनहरु उत्साह भएका छन । महा शिवरात्रीको दिन सबै भक्तजनहरुले रात्रीकालमा जागरण गरी पुजा अर्चना ध्यान गरी ओम नमो शिवायः मन्त्र उच्चारण गरेमा धेरै लाभ हुने एक शिवका भक्तले बताए ।
    शिव मन्दिरमा शिव भोले नाथलाई पहिला पञ्चामृतवाट स्नान गराउने त्यस पछि मात्र जल, फल, फुल, वेलपत्र, भाग, धतुरो मा चढाउने गरिन्छ । यस्ता बस्तुहरु चढाएर भगवान शिवलाई लाभाम्बित गर्ने मन्दिरको पुजारीले बताए ।
    शिवरात्रीको दिन शिव मन्दिरमा भक्तजनहरुले चढाएको फलफुल दान दक्षिणाको हकदार गोसाई जातिले मात्र उपभोग गर्न पाउने शिव पुराणमा उल्ल्ेख रहेको छ ।

    शिव द्रोही मम दास कहावा ।
    सो नर मोहि सपने मेहु नही पवा ।।

    महा शिवरात्रीमा भगवान शिव भोलेनाथ जीको पुजा अर्चना ध्यान गरेमा भाकल पुरा हुुने जनविश्वास रहेको छ ।भगवान शिवले विषालुपदार्थ पचाएको देवता मानिन्छ । त्यसै शिवरात्रीको दिन शिवलाई भाग धतुरो चढाइन्छ । तर मानव जातिले भाङ् धतुरो जस्ता विषालुपदार्थ खानु हुदैँन । यो खानुपर्छ भने एक किसिमको विकृतिको रुपमा बनेको छ । भगवान शिवले विष खाएर सम्पूर्ण जगतलाई बचाएका थिए यो कुरा शिव पुराणमा उल्लेख छ । तर भगवान शिवलाई भाङ् धतुरो नै चाहिन्छ यो कुरा कतै पनि उल्लेख गरेको पाइदैन् । भाग धतुर मानव जातिले पनि खानुपर्छ यो विकृतिलाई फैलाउनु हुदैन् । यो मानव जातिको लागि घातक विषयको रुपमा रहेको छ । किनकी कुनै वेद पुराणमा उल्लेख छैन कि मानव जातिले भाङ् धतुरो नखानु समाजको लागि निन्दनीय सावित हुनेछ । शिवरात्रीको दिन रुद्रभिसेक कार्यक्रमबाट भगवान शिव अति प्रसन्न हुने विश्वास रहेको पण्डित नर्वदेश्वर पाण्डेले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.