logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    ओमसतियाका विद्यालयमा विषयगत शिक्षकको आभाव


    ७ फाल्गुन २०७९ , आइतबार

    ओमसतियाका विद्यालयमा विषयगत शिक्षकको आभाव

    पशुपति यादव 
    रोहिणी,  फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको विद्यालयहरुमा विषयगत शिक्षकको अभाव रहेको छ ।ओमसतिया गाउँपालिका भित्र १६ वटा समुदायिक विद्यालय, ५ वटा मदरसा र १४ वटा नीजि विद्यालयहरु रहेका छन् । गाउँपालिका भित्र सामुदायिक र मदरसा विद्यालयमा छात्र छात्रा गरी विद्यार्थीहरुको संख्या ४ हजार ८ सय रहेको गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्कले जनाएको छ ।
    गाउँपालिकामा रहेको विद्यालयहरु मध्ये प्राथमिक विद्यालयमा शिक्षक राहत दरबन्दी २२ , माध्यमिक तहमा राहत शिक्षक दरबन्दी ३, निम्न माध्यमिक विद्यालयमा राहत १, माध्यमिक तहमा स्थायी दरबन्दी शिक्षकको संख्या १०, निम्न माध्यमिक तहमा स्थायी दरबन्दी शिक्षकको संख्या १०, प्राथमिक तहमा स्थायी दरबन्दी शिक्षकको संख्या ६५ रहेको गाउँपालिकाको अभिलेखले देखाएको छ ।
    संघीय सरकार वाट बालविकास कोटाका लागि शिक्षकको संख्या ३० रहेको छ भने स्थानीयतहबाट वालविकास कोटाको लागि ४ शिक्षक रहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।आ।व ०७९÷८० सालको शिक्षामा बजेट विनियोजनलाई हेर्दा विनियोजन भएको कुल रकम १ करोड ३५ लाख बजेट विनियोजन भएको थियो । जसमा १ करोड रकम शिक्षकहरुको तलबमा खर्च हुने र अन्य बाँकी रहेको रकम विद्यालयको विभिन्न कार्यक्रममा खर्च हुने गाउँपालिकाका अध्यक्ष मन्जित यादव ९सोनु० ले जानकारी दिए ।
    गाउँपालिकामा रहेको विद्यालहरुमा विद्यार्थीका संख्याको हिसाबमा स्थायी शिक्षक दरबन्दीको संख्या न्युन रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सागर प्रसाद गौतमले बताए ।
    सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकको अभाव भएको हुदाँ विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नमा समस्या देखिएको हुदाँ यो विषयलाई मध्य नजर गरेर विभिन्न तहमा स्थायी दरबन्दी शिक्षक व्यवस्थापनका लागि केन्द्र सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिए ।

    विद्यार्थीको संख्याको हिसाबले शिक्षक अपुग रहेका गुनासो गाउँपालिकामा भएपनि समाधानमा राज्यले सहयोग नपुराएको देखिन्छ । शिक्षक अपुर भएको हुदाँ विद्यालयमा पठनपाठन कार्य गर्न तथा विद्यालयले बनाएको योजना अनुसार कार्य संचालन गर्नमा नसक्ने अवस्था रहेको शिक्षा शाखा प्रमुख हरि प्रसाद पौडेलले बताएका थिए ।
    विद्यालयमा पठन पाठन कार्य योजनाबद्ध रुपमा संचालन नभएको हुदाँ विद्यालयको उपलब्धीमा पनि कमि देखिएको शिक्षा शाखाले जनाएको छ । त्यसै गरी विषयगत शिक्षकको अभाावको कारण विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेको उद्देश्य पुरा गर्नमा समस्या देख्नुका साथै समय समयमा अभिभावकहरुको गुनासो समेत सुन्न पर्ने शिक्षा शाखा संयोजक पौडेलले बताए ।
    शिक्षा शाखाले वनाएको वार्षिक कार्ययोजना अनुसारकोे कार्यक्रम मध्ये शिक्षक तालिम कार्यक्रम, अभिभावक शिक्षक विद्यालय व्यवस्थापन समिति एवम् प्रधानाध्यापक र विद्यार्थीको वीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयका लागि शिक्षकहरुलाई गाँउपालिका स्तरीय हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको सुचना शाखाले जनाएको छ । वार्षिक कार्ययोजनामा तोकिएको अरु कार्यक्रमहरु गर्न बाँकी नै रहेको तथा बाँकी रहेको कार्यक्रम वार्षिक परीक्षा भए पछि क्षमता अभिबृद्धि कार्यक्रम गर्ने शिक्षा शाखा संयोजक पौडेलले बताए । राज्यले आधारभुत शिक्षालाई निःशुल्क र अनिवार्य तथा माध्यामिक तह सम्म निःशुल्क गर्ने नीति कानुनमा लिपिबद्ध गरे पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । विद्यालयलाई केन्द्र र प्रदेश सरकारले भाषणमा अग्रगामी गराउने प्रतिवद्धता गरेपनि हुन नसकेको देखिन्छ । शिक्षा नीतिमा विवेदकारी नीति हुनाले पनि नेपालमा अहिले सञ्चालनमा भएका नीजि र सामुदायिक विद्यालयको स्तरमा फरक देखिएको छ । केहि स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा काम गर्न खोजेको देखिएपनि वजेट तथा राजनीति खिचातानीले गर्दा कम सफल भएका छन् । ओमसतिया गाउँपालिकाले पनि शिक्षालाई गुणस्तर र व्यवहारिक बनाउन खोजेको देखिन्छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय सरोकारवाला निकायले सहयोग गर्नु पर्ने देखिन्छ ।
    गाउँपालिकाले विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ती तथा छात्राहरुका लागि विभिन्न सहयोग गर्ने गरेको देखिन्छ । तर शिक्षामा आवश्यक जनशक्ती राज्यले उपलव्ध गराउन नसक्दा समस्या श्रृजना भएको छ । यसका लागि यहाँ आवश्यक शिक्षक सख्या र भौतिक पुर्वाधारलाई प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ । गाउँपालिकाले समाजको विकास र समृद्धिको क्षेत्रमा खर्च गर्नुपर्ने करोडौ रकम शिक्षक तलवमा खर्च गर्दा अन्य क्षेत्र बजेट अभावले गर्दा ओझेलमा परेको छ । राज्यले पालिकामा आवश्यक स्थायी शिक्षक सख्या उपलव्ध गराउन सक्नु पर्दछ । बल्ल शिक्षामा ल्याएको शिक्षा नीतिले सार्थकता पाउने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.