रुविना थापा
भैरहवा, ७ फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४– बसन्तपुरमा रहेको हुनमान मन्दिरमा शिवरात्रीको अवसर पारेर शिवपुजन गरिएको छ । पूर्व पश्चिम हुलाकी राजमार्गको छेउमा पर्ने उक्त मन्दिरमा शिवरात्रीको अवसर पारेर दर्जनौ स्थानीयहरु शिव पुजनमा सरिक भएको हनुमान मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि ओमकारनाथ पाण्डेले शिवरात्रीमा सिद्धार्थनगर, रोहिणी र स्थानीय ओमसतिया गाउँपालिकाबाट भक्तजन तथा श्रद्धालुहरुको आगमनले हनुमान मन्दिरमा धार्मिक अनुष्ठान बढ्दो रहेको जानकारी दिए ।
डण्डा नदि तट किनारमा रहेको हनुमान मन्दिर र नव दुर्गा मन्दिरको विकासमा स्थानीयहरुको उर्लदो चाहानाले धार्मिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जनप्रतिनिधि पाण्डेले बताए ।
नेपालमा पछिल्लो चरणमा युवापुस्तामा देखिएको धार्मिक विचलनलाई नव दुर्गा मन्दिर र हनुमान मन्दिरको विकासले सहयोग पु¥याउने स्थानीय गणेश चौधरीले जानकारी दिए ।