logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी द्वारा निःशुल्क आँखा परीक्षण


    ९ फाल्गुन २०७९ , मंगलबार

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी द्वारा निःशुल्क आँखा परीक्षण

    झब्बर यादव
    सिद्धार्थनगर, फागुन । रुपन्देहको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री बसन्तपुर दशरथ माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण कार्यक्रम फागुन ८ गते सोमवार सम्पन्न भएको छ । उक्त कार्यक्रम लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको आयोजनामा गरिएको थियो भने श्री कृष्ण नेत्रालय प्रा.लि को सहयोगमा निःशुल्क अाँखा परीक्षण शिविर कार्यक्रम संचालन थियो । उक्त लायन्सले आयोजना गरेको निःशुल्क आँखा परीक्षण कार्यक्रमवाट ५ सय भन्दा बढी विद्यार्थीहरुले परीक्षण गराउने अवसर पाएका थिए ।
    कार्यक्रम श्री बसन्तपुर दशरथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहित यादव को प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रममा लायन्सले निःशुल्क आँखा परीक्षण कार्यक्रम संचालन गरेकोमा आफुले खुसी हुनुको साथै लायन्स क्लबलाई धन्यावाद समेत दिएका थिए । लायन्सले गरेको यस्तो कार्यक्रममा विद्यालय अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको गुप्ताले जनाउनुभयो ।
    उक्त कार्यक्रम लायन्स क्लबका अध्यक्ष श्री रायमाझीको अध्यक्षतामा संचालन गरिएको थियो । यस्तो कार्यक्रम हेलेन केलरको प्रेरणाले लायन्सले अन्तर्राष्ट्रियमा आँखा सम्वन्धी कार्य गर्न थालेको बताउनुभयो । यस्ता कार्यक्रम आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले निःशुल्क चस्मा तथा औषधी उपचार समेतको व्यवस्था क्लबले गरेको रायमाझी बताउनुभयो ।
    कार्यक्रममा उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक मनोज क्षेत्री द्वारा स्वागत गरिएको थियो भने सचिव विना पौडेलले संचालन गरेका थिए । कार्यक्रम विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक दिपेन्द्र धवल, विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.