logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कृषिमा उत्पादक्त्व वृद्धि गर्ने नीति छैन्


    ११ फाल्गुन २०७९ , बिहिबार

    कृषिमा उत्पादक्त्व वृद्धि गर्ने नीति छैन्

    कति आश्चार्य लाग्दो कुरा छ, सरकारले भन्दैछ, कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । भन्दा र सुन्दन पनि अचम्म लाग्छ । किनभने सबैलाई थाहा छ कि खेती गर्ने मानिस गाँउमा छैनन् । सबै युवा शक्ति सरकारले बाहिर पठाएको छ । गाउँघरमा बुढाबुढी र बाल बच्चा मात्र छन् । न त हलो जोत्ने मानिस छन् , न त गोरु पाल्ने मानिस नै अब भन्नु होस् कसरी उत्पादकत्व वृद्धि गर्ने । कति अव्यवहारिक छन् । हाम्रा नेताहरु भाषण गर्दैमा कृषिमा उत्पादकत्व वृद्धि हुन्छ ,कर्म गर्नु प¥यो । कर्म गर्ने मानिस जति विदेश पठाउने अनि देशमा उत्पादकत्व वृद्धि गर्नु प¥यो भन्न अलिकति पनि लाज शर्म लाग्दैन् । यहि हो सरकारको नीति र नियम यस प्रकारको सफेद झुट अव्यवहारिक कोरा विचारले देश माथि लाग्छ । देशको वास्तविक अवस्थालाई बुझेर पनि बुझ पचाउने । कर्मले देशको विकास र जनताको विश्वास जित्न सकिन्छ । लाज हराए पछि जेवोले पनि हुदाँ रहेछ । देश र जनता ठग्नु भनेको नै आफै र आफ्नै सन्तत्ति ठग्नु होइनर छातीमा हात राखेर स्वच्छ मस्तिष्कले सोचौँ त । कसले कसलाई ठग्दै छ । जनताले हो कि नेताले, घाम जस्तै छर्लङ् छैन् र ?यस प्रकारको झुटको खेती गर्ने प्रवृत्तिले देशको विकास र जनताको समृद्धि के सम्भव हुन्छ । यस प्रकारको भाड भैलो तन्त्रले केही गर्न सकदैन् ।
    केही समय अगाडि खाद्यान्नमा हाम्रो देश आत्म निर्भर थियो र केही अन्न वाहिर निर्यात गर्दै थियो । अहिले वर्तमानमा आईपुग्दा खरवौ खर्चको अन्न आयात गर्न परेको छ । किन प्रश्न कसलाई सोध्ने हो र कसले जवाफ दिने । सरकारको जिम्मेदारी खोई ? देशलाई र सर्बसाधारण जनतालाई कङ्गाल बनायो कसले । जनताले प्रश्न गर्न पाउने कि नपाउने ? राजनीतिक बेइमानहरुले बेइमान भ्रष्ट नैतिक हराम भन्ने मिल्छ कि मिल्दैन् ? दोष कसको हो सरकारको होइन भने अरु कसको हो । यदि सरकार स्वच्छ भए देशलाई कङ्गाल बनाउने भ्रष्टलाई कार्यवाही गर्ने दायित्व कसको हो त । देशमा भएका विधि, विधान, ऐन कानुन, नीति, नियमको पालना के जनताका लागि मात्र हो । सरकार र भ्रष्ट ,तस्कर, अपराधीहरुले पालना गर्नु पर्दैन । यदि सबैले पालना गर्नु पर्ने हो भने खोइ त्यो वेइमानहरुलाई कार्यवाही गरेको । वाहिर देखाउने दाँत र भित्र चपाउने दाँतको विश्लेषण कसले किन गर्नु पर्छ कि पर्दैन् ? प्रश्नै प्रश्नको भुमरिमा देशलाई फसाउने बेइमानहरुलाई किन कार्यवाही गरिदैन । यस प्रकारको प्रदुषणले देश र जनतालाई खादैँछ । यसको उपचारको विधि के हो र को कसले गर्ने खोई जिम्मेवारी ? गलत प्रबृत्ति हावी भएको छ राजनीतिमा । ठोस योजना र नीति नियम के हो ।
    हिमाल, पहाड र तराइको पृष्ठ भुमिलाई हेर्दा के देखिन्छ । भन्दा हिमाल तर्फ भु–भाग र प्राकृतिक हिसाबले पनि खेति योग्य जमिनको कमि महसुस हुन्छ । किनभने धेरै चिसोले गर्दा उत्पादन त्यति हुदैन् । अब हेराँै मध्य क्षेत्रको पहाडी भागमा भिरालो पाखा पखेराले भरिएको छ । वर्षे वाली हुन्छ । हिउँदे वाली हुदँैन् । कारण सुख्खा छ कारण सिचाईको कुनै बन्दोबस्त छैन् । उत्पाद वृद्धि गर्नलाई मुख्य आवश्यक पर्ने ४ तत्व अनिवार्य हुन्छ । जस्तै जल, मल, श्रम र पुजी यी ४ तत्व विना उत्पादन सम्भव नै देखिदैन । सरकारको दृष्टिकोण पहाडलाई उपेक्षा गरिएको छ । जसले गर्दा अवाद कमोद, हराभरा पहाड गाउँबस्ती सबै उराठ भएको मात्र होइन् । बाँझै परेको छ । जताततंै झाडी परेको बन्यजन्तुहरु लुक्ने मानिसहरुलाई डराउन दिने चितुवा, स्याल, वादरको घर हुन पुगेको छ । कतै कतै कच्ची भए पनि बाटो खानेपानी विजुली, पुगेको छ त पनि त्यसको साथमा रोजगार नभएकै कारण भौतिक सुविधा फिका भएको देखिन्छ । पहाडको जनशक्तिलाई पहाड मै रोक्नका लागि पहाडलाई उपयुक्त प्रविधिद्वारा विकसित गर्न गराउन अति आवश्यक भएको छ । सम्भाव्यताहरु धेरैं छन् । तर सरकारको नीति र नियम भाषण भुषणमा सीमित भएको छ । कुनै ठोस योजना देखिदैन् ।
    हाम्रो देश कृषि प्रधान देश भएकोले कृषिलाई ठोस योजना बनाएर देशलाई आत्म निर्भर गराउन उत्पादकत्व वृद्धि गर्न अत्यन्तै आवश्यक छ । किनभने जव सम्म खाद्यान्नमा देश आत्मनिर्भर हुदैन् । तब सम्म देशको विकास हुदैन् । त्यसकारण हिमाल, पहाड र तराईको प्रकृति भन्दा तराईको प्रकृति फरक छ । कारण भु–बनोट मैदानी भाग पूर्व मेची देखि पश्चिम महाकाली सम्म फैलिएको छ । समथर भएको हुदाँ ट्याक्टर लगायतका साधनहरु प्रयोग गरेर खेती गर्न सकिन्छ । हल गोरु नभए पनि खेती गर्न सकिन्छ । खेती रोप्ने धान काट्ने दाउने आदि काम मेसिनद्वारा गर्न सकिन्छ । तर पहाडमा यस प्रकारको सुविधा छैन् । ओरालो उकालो गर्नु पर्ने हुदाँ श्रम शक्ति बढी नै खर्च गर्नु पर्दछ । त्यसैले पहाडको जनशक्तिालाई पहाडमै उपयोग गर्न आवश्यक कार्यक्रम ल्याउनु पर्दछ । जसले गर्दा पहाडको जग्गा जमिन पूर्व जस्तै आवाद गुल्जार हुन सकोस । जति पनि उद्योग कलकारखानाहरु छन् । तराई भागमा सीमित भएका छन् र पहाड उपेक्षित भएको छ । सरकारको बक्रदृष्टिले गर्दा राईको खेती योग्य जमिन अव्यवस्थित बसोबास र सहरीकरणले गर्दा हजारौँ विगा जमिन घटिरहेको छ । खोइ कार्यक्रम कर्म नगरी फल मिल्छ ।
    सानो तराइको उब्जनीले मात्र पहाडलाई थाम्न सकदैन् । यो धु्रव सत्य हो । त्यसै कारणले गर्दा समय मै सरकारले सोच विचार गरेर कदम अगाडी बढाउँन नसके भोली भोकमरीको समस्या खडा हुन सक्दछ । नेपाल जस्तो अर्थतन्त्र कमजोर भएको देशले खरवौ रकमको खाद्यान्न खरिद अर्थात निर्यात गर्न सक्दैन् । अर्को तर्फ खाना पकाउने ग्यास, डिजल, पेट्रोलमा पनि खरवौ खर्च भुक्तानी गर्नु परेको छ । यसको विकल्पमा ग्यासको सट्टा विजुलीवाट चल्ने गाडीको प्रयोगलाई संचालनमा ल्याउन अति आवश्यक भएको छ । जसले गर्दा खरवौ रकम वचत हुन सक्दछ । आफ्नो साधन स्रोतको भरिसकेको प्रयोग अनिवार्य गर्न गराउन सबैको ध्यान दिएर मात्र पुग्दैन् । कडा कानुन बनाएर रोक्नु पर्दछ । कारण चितवनको किसानहरुले उत्पादन गरेको तरकारी विचौलिया कै कारण सडकमा फाल्नु परेको काण्डले सरकारले चेत्नु प¥यो । सरकारको नीति र नियम प्रतिको आक्रोष पोखेका हुन किसानहरुले ।
    सबै क्षेत्रमा असफल भएको छ सरकारका नीति नियम कुनै क्षेत्र शुद्ध देखिदैन् । भ्रष्टाचार र विचौलीयाहरुको भरमा सरकार चल्दैछ । तीनै तहको सरकारमा भ्रष्टाचार व्याप्त छ । जसले गर्दा जनतामा जताततै असन्तुष्टिका लहर फैलिदंै गएको छ । यसको निवारणको उपाय के हो ? र कसको जिम्मेवारी हो किन सरकारले सुधार गर्न सक्दैन् भने प्रजातन्त्र मुलुक गणतन्त्र सरकारको कर्तव्य र दायित्व कसको हो । यदि देश र जनहितको कार्य गर्न सक्दैन् र अव्यवस्थित भद्रगोल छाडाबादले प्रश्रय पाउने हो भने सरकार के का लागि प्रश्न उठ्नु स्वाभाविक होइन र ?ठूला ठूला जनअन्दोलन भए, निरङ्कुस सरकार ढल्यो । पञ्चायत ढल्यो, राज संस्था हट्यो र गणतन्त्र आयो तर कसैको पनि मानसिकतामा परिवर्तन आउन सकेन । झन–झन देशमा नैतिक आचरणमा कुनै सुधार हुन सकेन् । अनुशासन हिन छाडाबाद, भ्रष्टाचार, अपराध, बलात्कार, हत्या हिंसा, लुटपाट आदि बढ्दै जानु, नियन्त्रण गर्न नसक्नु सरकार र षडयन्त्रको असफलता नभए त के हो त ? आज जनताले यहि प्रश्न सरकार संग मागिराखेका छन् । जन आवाज कसले सुन्ने ?
    राजनीति बेमानी कै कारण यस प्रकारको धमिलो वातावरणको सृजना भएको छ । जब सम्म राजनीति स्वच्छ हुदैँन् । तब सम्म देशमा शान्ति सुव्यवस्था कायम हुनै सक्दैन् । किनभने राजनीति शुद्ध छैन् । उनै थोत्रा जाली झेली फटहाहरुको हातमा राजनीति नाचिरहेको छ । जसरी हुन्छ सत्तामा पुग्ने र देश र जनतालाई लुट्ने वाहेक अन्य उद्देश्य देखिदैन् । सहनको पनि सीमा हुन्छ । कति सम्मान गरे जनताले त्यसको बदला के पाए जनताले उल्टै अपमान वेहोर्न प¥यो । जता हे¥यो उतै भ्रष्टाचार अपमान प्रदुषण आदि बखेडा खडा गरेर पन्छाउने प्रवृत्तिले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएको छ । काम गर्ने नियत नै विग्रि सकेको छ , जसरी हुन्छ पैसा चाइयो । त्यही काम आज हुदैन् , पैसा दियो भने तुरुन्तै हुन्छ । हाम्रो कानुनी प्रावधान व्यवहारिक भन्दा अव्यवहारिक द्वोय चरित्रको गन्ध आउँदैछ । त्यसका कारण पनि अन्योल छाएको छ । राजनीति अस्थिरताले जन्माएको समस्या हुन र राजनीतिले नै सुलझाउनु पर्दछ । सबैमा सदगुण बुद्धि आवस कामना गर्दै हरिओम तत्सत ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.