नि:शुल्क एम्बुलेन्स सेवा तथा बालिका बिमाबाट लोकप्रियता कमाएको मर्चवारीले बालिका शिक्षा र कन्या स्कुलको स्थापना संगै सामाजिक सुचकांकमा अब्बल बन्ने लक्ष्य
असलम खाँन
मर्चवार । जिल्ला दक्षिण पश्चिममा अवस्थित मर्चवारी गाउँपालिकाले मानव बेचविखन विरुद्धको अभियान सञ्चालन गरेको छ । विभिन्न संघ संस्थाको सहकार्यमा यो अभियान सञ्चालन गरेको मर्चवारी गाउँपालिकाको सुचना शाखाले जनाएको छ । मानव बेचविखनलाई रोकथाम तथा न्युनिकरण गर्नका लागि गाउँपालिकाले वस्तीबस्तीमा पुगेर सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले जानकारी दिएका छन् ।
विहिवार नेपाल मानव बेचविखन,असुरक्षित बसाइँसराइ तथा अनलाईन बालबालिकामा हुन् यौन शोषण रोकथाम परियोजना ले मर्चवारी गाउँपालिका यो कार्यक्रम गरेको छ ।
परियोजना सल्लाहकार समिति को बैठक तथा शुभ अवसर ग्राम नेपालको आयोजनामा भएको थियो । हिंसा,शोषण तथा बेचबिखनबाट प्रभावित एवम् उच्च जोखिममा रहेका महिला र बालबालिका हरुलाई समाजको मुलप्रवाहमा ल्याउन सशक्तीकरण गर्ने हाम्रो लक्ष्य रहेको शुभ अवसर नेपालका समाजिक परिचालन अधिकृत विकास देवकोटा ले बताएका छन्। समितिको बैठक बोल्दै मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले महिला तथा किशोरकिशोरी लाई व्यावसायिक परामर्श सेवा,तालिम,शिक्षा,आवास,जीवन यापन का लागि रोजगारी को अवसर सृजना गर्ने लगायत समाजिक पुर्नस्थापना सहयोग पुर्याउने प्रतिबधाता व्यक्त गरेका छन्। मर्चवारी गाउँपालिकाको अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाका कार्यपालिका सदस्य र मर्चवारी गाउँपालिकाको सबै शाखा प्रमुख हरुको सहभागीता रहेको थियो । कार्यक्रममले मर्चवारीले अगाडी सारेका सामाजिक विकासको अभियानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा तथा बालिका बिमाबाट लोकप्रियता कमाएको मर्चवारीले बालिका शिक्षा र कन्या स्कुलको स्थापना संगै सामाजिक सुचकांकमा अब्बल बन्ने लक्ष्य राखेको देखिन्छ ।
जनप्रिय पालिका अध्यक्षको रुपमा परिचित बरईको यी अभियानले जनतालाई पनि प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।