असलम खाँन
मर्चवार, फागुन । रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने मर्चवारको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुरमा श्री शतचण्डी महायज्ञको शुभारम्भ भएको छ । शतचण्डी महायज्ञ समिति रायपुर रुपन्देही द्वारा आयोजना गरिएको समितिले जनाएको छ । उक्त महायज्ञमा फागुन १३ गते कलशयात्राको अवसरमा विभिन्न गणमान्य व्यक्तिहरुको उपस्थितिका साथै हजारौं भक्तजनहरुको संख्यामा कलशयात्रा गरिएको हो । उक्त महायज्ञ क्षेत्रका श्रद्धालु भक्तजनहरुको भिड उमडेको थियोे । कलशयात्रामा सहभागीहरु मर्चवारीको रायपुर देखि जोगियावारी नदीको घाट सम्मा महिलाहरुले टाउकोमा कलश राखी नाचगान गर्दै पैदल यात्रा गरी जल भर्न गएका थिए । यो श्री शतचण्डी महायज्ञ ९ दिन हुने र फगुन १३ गते कलश गरेपछि फागुन १४ गते देखि दिनमा र रातिमा मनोरञ्जन कार्यक्रम धार्मिक पाठहरु जस्तै रामलिला, कृष्ण लिला जस्ता देखाउनुका साथै विभिन्न कथाहरु वाचन गर्ने आयोजक समितिले जनाएको छ । उक्त श्री शतचण्डी महायज्ञ कार्यक्रम फागुन २१ गते पुर्णहुति एवं भण्डारा गरी फागुन २२ गते अन्त हुने महायज्ञ आयोजक समितले जानकारी दिएका छन । यज्ञाचार्य मनजेश शास्त्री को अनुसार यस महायज्ञमा भगवान गणेश जी को पूजन अर्जना गर्ने , दुर्गा मन्त्र, नर्वदामन्त्र र दुर्गा तथा अन्य देवी देवताहरुको पाठ गर्ने बताएका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा मर्चवारी गाउँपालिकाका प्रबक्ता शाशिदयाल चौधरी का अनुसार क्षेत्रमा अमनचैन, समाजिक सद्भाव, क्षेत्र तथा नगरको उन्नति प्रगति तथा शान्ति होस भन्ने उद्देश्यले महायज्ञ गरिन्छ । कलश यात्रा कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर (क) प्रदेश सदस्य कन्हैया बनिया, मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, उपाध्यक्ष आशा सिह, वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादव, वडा नम्बर २ का वडा अध्यक्ष शाशिदयाल चौधरी, जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य राजमन प्रसाद हरिजन, जनमत पार्टी का केन्द्रीय सचिव भुपेन्द्र प्रसाद यादव, जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता, जनमत पार्टी मर्चवारीका नेता मुरली चौधरी सहित विभिन्न गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।