ज्ञानेश्वर सहानी
नवलपरासी, फागुन । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको अन्दाजि ३ लाख २५ हजार २ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्र।स।नि। चाम बहादुर वलीको कमाण्डको टोलीले सरावल गाउँपालिका वडा नं.२ मनरी स्थितबाट वेवारिसे अवस्थामा राखिएको २ लाख १२ हजार ५ सय मुल्य बराबरको थान कपडा १२१ मिटर, सुतीको थानको कपडा १ हजार ७५ मिटर , कुर्ता सुर्वाल ४२ पिस, साडी ४७ पिस , सुतीको कुर्ता सुर्वाल १३ पिस , ललीपप मिठाई १५० प्याकेट , टेङ्गो मिठाई २४ पिस, भाईवेष्ट मिठाई २ कार्टुन प्रहरीले बरामद गरेको छ ।यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.स.नि. बिन बहादुर बगालेको कमाण्डमा खटिएको टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टिसिएन चोक स्थित पुर्व(पश्चिम राजमार्गमा बेवारिसे अवस्थामा राखिएको १ लाख १० हजार २ सय मुल्य बराबरको सुट ३६ पिस , टप्स १८ पिस, कुर्ता सुर्वाल २२ पिस प्रहरीले बरामद गरेको हो ।यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. २ मुडेरा स्थितबाट २५ हजार मुल्य बराबरको गँहु १ क्युिटल ५० किलो , चवल ३ क्युिटल ५० किलो ईलाका प्रहरी कार्यालयबाट खटिएका प्र।ब।ना।नि। राजेश भट्टराईको टोलीले बरामद गरेका हुन ।बरामद गरेका उक्त मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।