logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर सिटी हस्पिटल द्वारा निःशुल्क स्वास्थ्य शिविर फागुन १७ देखि २० सम्म


    १९ फाल्गुन २०७९ , शुक्रबार

    सिद्धार्थनगर सिटी हस्पिटल द्वारा निःशुल्क स्वास्थ्य शिविर फागुन १७ देखि २० सम्म

    निःशुल्क मृगौला तथा मधुमेह परिक्षण साथै अन्य टेष्टमा पनि विशेष छुट
    लुम्बिनीखबर
    सिद्धार्थनगर, फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले विभिन्न स्थानमा फागुन १७ गते देखि २० गते सम्म निःशुल्क सुगर तथा मृगौला परिक्षण शिविर कार्यक्रम संचालन गर्ने भएको छ । सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । पाँच नम्बर प्रदेशको एक मात्र मोडुलर ओ.टि भएको १०० शैयामा संचालित अस्पताल हो । यस सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले दिने सम्पूर्ण सेवाहरु गुणस्तरीय तथा भरपर्दो भएकोले बिरामीहरुलाई उपचारको लागि कतै भौतारिनु नपर्ने हस्पिटल स्रोतले जनाएको छ । विभिन्न किसिमका समस्याहरु लिएर समुदायमा मानिसहरु लुकेर बसेको पाइन्छ । त्यस्ता लुकेर बसेका सुगर तथा मृगौला सम्बन्धि समस्या पत्ता लगाउनका लागि हस्पिटलले यही फागुन १७, १८, १९ र २० गते विशेष गरी सियारी गाउँपालिका, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिका अन्तर्गतका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर ८ स्थानमा मधुमेह तथा मृगौला सम्बन्धी रोगको निःशुल्क स्वास्थ्य परिक्षण शिविर कार्यक्रम संचालन गर्नेे हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताउनुभयो । उक्त कार्यक्रममा विशेष गरी मृगौला सम्बन्धी रोग लाग्न सक्ने लक्षित समुह अन्तर्गत उच्च रक्तचाप भएका व्यक्तिहरु, मधुमेह भएका व्यक्तिहरु, धेरै औषधी सेवन गर्ने व्यक्तिहरु, धुम्रपान तथा मध्येपान गर्ने व्यक्तिहरु, वजन बढि भएका व्यक्तिहरु ,परिवारका सदस्यहरुमा किड्नी तथा पिसाब सम्बन्धी समस्या भएका व्यक्तिहरु आदि जस्ता लक्षित समुहका व्यक्तिहरु पर्ने गरेको पौडेलले जानकारी दिनुभयो । त्यसै गरी मधुमेह रोगको लागि लक्षित समुह अन्तर्गत प्रभावित स्रोत छिनछिनमा पिसाब लाग्ने तथा विशेष गरि रातिमा पटक पटक लाग्ने, परिवारका सदस्यहरुमा दीर्घरोग तथा मधुमेह भएका व्यक्तिहरु, भोक तथा तिर्खा बढि लाग्ने व्यक्तिहरु, मुटु सम्बन्धी रोग लागेका तथा उच्च रक्तचाप भएका व्यक्तिहरु, बिलासी जीवनशैली भएका व्यक्तिहरु तथा स्रोतबाट प्रभावित हुने पौडेलको भनाई रहेको छ ।


    मृगौला , मधुमेह लगायतका अन्य रोगहरु विभिन्न कारणले लाग्ने गरेको पाइन्छ । जस्तै व्यक्तिको खान पान तथा जीवनशैलीले गर्दा दिनानुदिन विभिन्न किसिमका रोगको सिकार भैरहेको पाइन्छ । रोग भ्याङ्क रुप नलिनुभन्दा पहिला नै त्यस रोगका लक्षणहरु देखिन्छन् । तर व्यक्तिले लक्ष्ण थहाँ हुदाँ हुदै पनि वेवास्ता गरेको हुदाँ त्यही रोग भ्याङ्क रुप लिए पछि मात्र व्यक्ति अस्पतालहरुमा धाउने गरेको पाइन्छ । त्यसैले त्यस्ता रोग लिएर लुकेर बसेका व्यक्तिहरुले समयमा नै पहिचान गर्न सकेमा त्यसको निर्मुलीकरण गरी स्वास्थ जीवन यापनमा सहयोग पुग्ने पौडेलले जनाउनुभयो । स्वस्थ जीवन यापनको लागि आफै जागरुक हुनुपर्दछ । रोग लागेर मात्र हस्पिटल जाने परम्परालाई त्याग गरी रोग नलाग्नको निम्ति के कस्ता काम गर्नु पर्छ त्यस तर्फ ध्यान दिन जरुरी रहेको पौडेलले बताउनुभयो । व्यक्तिको शारीरिक समस्यालाई मध्यनजर गरेर सिद्धार्थनगर सिटी हस्पिटलले आम जनमानससंग हातेमालो गर्दै आईरहेको छ । सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले तपाईको घर आगनमा संचालन गर्न गइरहेको स्वास्थ्य शिविरले मानिसहरुको स्वास्थ्य समस्याको पहिचानमा सहयोग पुग्ने विश्वास समेत पौडेलको रहेको छ । त्यसैले उक्त संचालित शिविरमा नजिक रहेको स्थानमा सहभागि भई आयोजित कार्यक्रमलाई सफल बनाउन अनुरोध समेत गर्नुभयो । यो निःशुल्क स्वास्थ्य शिविर हुने समय मिति र स्थानहरु निम्नानुसार रहेका छन् । फागुन १७ विहान १०ः३० बजे देखि १२ः३० बजे सम्म सियारी वडा नम्बर १ कैलाशनगर , फागुन १७ दिउँसो २ बजे देखि ४ बजे सम्म ओमसतिया गाउँपालिका वडा नम्बर ५ केरवानी , फागुन १८ विहान १०ः३० बजे देखि १२ः३० बजे सम्म तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलिगढ , फागुन १८ दिउँसो २ बजे देखि ४ बजे सम्म तिलोत्तमा नगरपालिका वडा नम्बर ७ सेमरा बजार, फागुन १९ विहान १०ः३० बजे देखि १२ः३० बजे सम्म तिलोत्तमा नगरपमलिका वडा नम्बर ६ पहुनी , फागुन १९ दिउँसो २ बजे देखि ४ बजे सम्म तिलोत्तमा नगरपलिका वडा नम्बर १२ बजार , फागुन २० विहान १०.३० बजे देखि १२.३० बजे सम्म तिलोत्तमा नगरपालिका वडा नम्वर ४ डिङ्गरनगर, फागुन २० दिउँसो २ बजे देखि ४ बजे सम्म तिलोत्तमा नगरपालिका वडा नम्बर १ शंकरनगर बनवाटिकामा हुने हस्पिटल स्रोतले जनाएको छ । स्वास्थ्य शिविरमा सहभागि भएका बिरामीहरुको स्वास्थ्य परिक्षण, रगत तथा पिसाब परिक्षण गरिनुका साथै अन्य टेस्टहरु आवश्यक परेमा १५ प्रतिशत छुट तथा डाक्टरको परामर्शमा ५० प्रतिशत छुटको पनि व्यवस्था रहेको हस्पिटल स्रोतले जानकारी गराएको छ । बिरामीको सेवा सुविधालाई मध्येनजर गर्दै यस हस्पिटलले बुटवल देखि भैरहवा हस्पिटल सम्मका बिरामीको लागि निःशुल्क बस सेवा पनि संचालन गरेको छ । यस हस्पिटलले दिने सम्पूर्ण सेवाहरु एउटै छाना मुनि रहेकाले बिरामीलाई उपचारमा केही समस्या नहुनुको साथै अत्याधुनिक ल्याव, हाई फिरक्वन्सी डिजिटल एक्सरे, भिडियो एक्सरे तथा सिक्सटीफेर स्लाइस सि.टी स्केन पनि रहेकाले यस अस्पतालले हरेक रोगहरुको सफल उपचार तथा परामर्श दिने भएकाले सम्पूर्ण स्वास्थ्य परिक्षण तथा उपचारको लागि काठमाडांै तथा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको पनि हस्पिटल स्रोतले बताएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.