उदयराम पौडेल
आजको देश, सरकार, संघ संस्था संरचना संयन्त्र व्यापार विज्नेस आदि सबै क्षेत्र विकृत्तिले भरी भराउ भएको छ । यस प्रकारको विकार, विकृत्ति, अन्याय, अत्याचार आदिको सम्बन्धमा बोल्ने, लेख्ने, भाषण, भुषण आदि पनि भईरहेकै छन् । तर कसले सुन्ने सुनेर पनि कसले गर्ने जताततै अन्योल छाएको छ । कतै रीति तिथि छैन् । व्यस्थित मच्चिदैँ गएको छ । यो किन, कसरी र कहाँबाट कसले गरिरहेको छ अथवा यसले कसको हित भएको छ । हुदाँ हुदाँ सबैको सोच सकारात्मक भन्दा नकारात्मक तर्फ उन्मुक्त भएको देखिदै छ । यस प्रकारको उछिङ्कल प्रवृत्तिले आज देश, समाज, राजनीतिक दल र सरकार सबैलाई तर्साइरहेको छ । डर त्रास भएको वातावरण सृजना भएको छ । कतै शान्ति सन्तोष देखिदैन । उकुस मुकुसको परिवेश भित्र बाँच्न मानिस विवश भएको छ । यसको निराकरण के हो र कसको जिम्मेवारी हो, किन यस्तो भईरहेको छ, कारण के हो । यसका धेरै कारणहरु छन् ,त पनि एकै शब्दमा भन्दा मुल कारण राजनीतिक बेइमानी भन्दा अति युक्ति हुने छैन् । किनभने देश र समाजलाई डो¥याउने मुल तत्व भनेकै राजनीतिक दर्शन हो । जब सम्म मुल स्वच्छ हुदैन्न् तब सम्म वातावरण सुध्रिदैन्को सट्टा अरु भासिदै जान्छ ।
समयले धेरै काल कसैलाई पनि शक्शिाली हुन दिदैन् । किनभने यो प्रकृतिको नियम हो । वर्तमान परिस्थिति र समयले मानिसको सोच विचारमा पनि परिवर्तन ल्याएको छ । चेतनाको बृद्धि हुदै गएको छ । व्याप्त भ्रष्टाचार, अपराध, ठग्ने प्रवृत्तिले गर्दा मानिसको धैर्यता र सहनशीलता को वाध टुट्न थालेका छ । जताततै उग्र अवाजहरु घन्किन थालेका छन् । अराजकता मौलाउदै गएको छ । सरकार कि म कर्तव्य बिर्माड हुदै गएको छ । वाहिरिए हस्तााक्षेप बढ्दै गएको छ । सरकारका सबै अङ्ग प्रत्यङ्गहरु विकृत हुदै छन् । राजनीति देश र जनमुखि भन्दा सत्तामुखि तर्फ लम्किदै गएको छ । परिस्थिति र अवस्था जटिल मोडमा पुगेको छ । प्रजातन्त्रात्मक गणतन्त्र प्रति जन आवाज उठ्न थालेको छ । विधि विधान अनुरुप सुशासन दिन सरकार असफल भएको छ । जनताको असन्तुष्टिको मुल कारण व्याप्त भ्रष्टाचार र वेरोजगार तथा जनमुखि शासनको आभाव हो । यसै कारणले गर्दा देशमा अराजकता सृजना भएको छ । देशमा केही कामै नभएको होइन केही भएको छ तर जति हुनुप्रथ्यो त्यति भएन । कारण ५० प्रतिशत रकम भ्रष्टाचार भयो, गुणस्तर भएन् । नक्कली काम गरे श्रेस्ता मिलाएर सबैले मिलेर भ्रष्टाचार गरे भन्ने जन गुनासो सत्य हो ।
देशमा ठूला ठूला काण्डहरु भए राजनीतिक परिवर्तन ल्याउन राजनीतिक दलहरु सफल भए तर त्यसैलाई स्थायित्व दिन दलहरु चुके । परम्पार देखि बस्तै आएको खिया परेको प्रशासनलाई परिवर्तन गर्न राजनीतिक दलहरु असफल भए । त्यसैले गर्दा जनतामा असन्तुष्टि बढ्दै गयो । किनभने संविधानले व्यवस्था गरेको ३ तहको व्याख्या राम्रो भए पनि व्यवहारवादी भएर जनभावनाको सम्मान गर्न सकेनन् । कारण खर्च वढी भयो । एक तर्फ देशको आम्दनी थाम्न सकेन अर्को तर्फ भ्रष्टाचार रोक्न सकेन्न । कोरा नाराको भरमा करभार बढाएर आफैलाई सहुलियत लिने नीति लिए । सहुलियत दिने तर्फ सोचेन्न । जसले गर्दा जनतामा असन्तुष्टि बढाउने काम गरे । कृषि प्रधान देशमा कृषिमा उत्पादकत्व बृद्धि गर्ने गराउने नाराको भरमा मात्र कृषि उत्पादन बढेन् । दिन प्रतिदिन देश आत्म निर्भर भन्दा प्रनिर्भर मुखि हुदैं गएको देखिन्छ । आज खरबौ रकमको खाद्यान्न आयात गर्न देश वाध्य भएको छ, किन ? नीति नियम र कर्म ठिक भएन् । कसले हेर्ने खोई चेकजाँच । जो दोसी छ , त्यो नेतामुखि छ । नेता संरक्षणमुखि छ , त्यसैले गर्दा देशमा भ्रष्टाचारीहरुलाई कारवाई हुन सकेको छैन् ।
भ्रष्टाचारका ठूला ठूला काण्डहरु भएका छन् देशमा । नीतिगत भ्रष्टाचारको एउटा सानो उदाहरणा हेरौँ । बडी जहाज खरीद काण्डमा चर्चा भएको घोटााला, अर्थ समितिले छानवीन गरी ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर गरी कारवाई गर्न सरकारलाई सिफारिस ग¥यो । तर प्रधानमन्त्री ओलीजीले त्यसलाई भ्रष्टाचार भएको छैन् भनेर थन्काई दिए । यो तर सानो उदाहरण मात्र हो । यस्ता घटनाक्रम धेरै छन् । नेपालमा ४ किसिमका भ्रष्टाचार छन् । जस्तै नीतिगत भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, कमिसनतन्त्र रुपी भ्रष्टाचार, खुजुरे तल्लो तहबाट हुने भ्रष्टाचारको विगविगी छ । नेपालमा कुनै पनि पद्धतिको विकास हुन नसक्नु राजनीति सिद्धान्तहिन नीतिहिन वेइमानीकै परिणम हो । अब अर्को समस्याको रुपमा विकसित हुदै गएको विषय हो ठगि कि त । जालसाजी यो पनि राजनीतिकै आडमा फस्टाउदै गएको छ । यी सबै विषयहरु शुद्ध गर्न सर्बप्रथम राजनीति इमान्दार स्वच्छ हुन अति आवश्यक छ । जब सम्म राजनीति सुध्रिदैन् , तब सम्म अरु पक्ष शुद्ध हुन सम्भव छैन् । राजनीति परिवर्तको साथ साथै आर्थिक विकास भएन भने राजनीति परिवर्तको कुनै अर्थ रहदैन् । नेपालको राजनीतिले अर्थतन्त्रको विकासलाई हेर्न सकेन् । जसले गर्दा राजनीतिक उद्देश्य र लक्ष्य पुरा भएन् । त्यसै कारणले गर्दा अर्थतन्त्रको विकास भन्दा दुरुपयोग बढी भयो ।
आज विश्व भरी सहकारीको जालो फैलिएको छ । कसैले राम्रो काम गरेका छन् भने कसैले ठगी खाने भाडोको रुपमा प्रयोग गरेका छन् । अब हामी यसको जन्मकालको ऐतिहासिक पृष्ठभुमि हेरौँ । सन् १९१८ मा उपभोक्ता संगठनको आधारमा बेलायतबाट सुरु भएको थियो । सन् १९५० मा जर्मनमा प्रवेश ग¥यो र सन् १९०४ मा भारतमा आइयो । वि.स २०१० मा नेपालमा आयो र वि.स २०१३ साल चैत २० गते बखान सहकारी चितवनबाट सुरु भएको देखिन्छ । वि.स २०७४ सालमा सहकारी ऐन बन्यो र २०७५ सालमा नियम बनेर त्यसैको आधारमा देश भरी सहकारी संस्थाहरु खोलिएका छन् । सन् १९९५ मा अन्तर्राष्ट्रिय सहकारी महासंघ बन्यो र त्यसैले प्रतिपादन गरेको सिद्धान्तहरुको आधार बनेका छन् । जस्तै स्वेच्छिक तथा खुला सदस्यता, स्वयत्ता र स्वतन्त्र, सदस्यहरु द्वारा आर्थिक सहभागिता, शिक्षा सुचना, अन्तर सहकारी सम्बन्ध आदि छन् । तर बादरको हातमा नरिवल भने जस्तै भएको छ । किनभने नेपालको सन्दर्भमा नक्कल गर्ने तर काम नगर्ने प्रवृति हावी छ । आज कयाँै सहकारीको रकम हिनामिना भएको छ । हिनामिना गर्नेहरुलाई तत्काल कारवाई गर्न अग्रसरता देखिनु आजको माग हो ।
रेलले लिग छोडे पछि दुर्घटना हुन्छ , त्यस्तै राजनीतिले आफ्नो मुल्य, मान्यता र आदर्श विर्सयो भने पतन हुन्छ । त्यस कारण राजनीतिक दलहरु प्रति जनआक्रोष बढ्दै जानुको कारण के हो भने व्याप्त भ्रष्टाचारले जनता ज्यादै पिडित भएका छन् । कुनै कार्यालयमा गए पनि काम हुदैन् । कित पैसा दिन प¥यो । कित शक्ति देखाउन प¥यो । यस प्रकारको स्थिति पैदा हुनु राजनीति भ्रष्टाचार भएको जनताले महसुस गर्न विवस भएको छ । दण्ड हिन्ता प्रश्रय पायो । देशका उद्योग धन्दा, व्यापार विज्नेसको आदि सक्दै गएको छ । बैंकहरु नाफामुखि भएर शोषण गरी रहेका छन् । उच्च व्याज सेवा दस्तुर, व्याजको व्याज, र हर्जना आदि लगाएर ऋणीको घरवास नै उडाएको छ । यदि छोरा जन्माएर बाबुको मृत्यु हुन्छ भने त्यस्तो छोराको के काम त्यस्तै बैंकको ऋण लिएर घरबास विहिन गराउने काम बैंकहरुले गरिरहेका छन् । बर्तमान अवस्थामा मानिसको सोच विचार बुद्धि विवेक देश र जनहितमा भन्दा जसरी हुन्छ, धन कमाउने तर्फ उन्मुक्त भएको छ । यस्तो सोचले देशको विकास र समृद्धि कसरी हुन्छ विचारणीय विषय बन्दै छ ।
जहाँ अशान्त वातावरणको सृजना हुन्छ । त्यहाँ भ्रष्टाचार, तस्करी, हत्या, हिंसा, बलात्कार आदि अपराध फैलिदै जान्छ । आज देश र समाजले भोगिरहेको छ । सरकारका निकायहरु निष्कृय हुदै छन् । सरकार व्यवस्थापिका र न्याय अत्यन्त कमजोर भएका छन् । राजनीतिक दलहरु आफ्नै स्वार्थमा रमाउदै छन् । देशको अवस्था सुधार गर्ने तर्फ आपसमा मिलेर अग्रसर हुन सकेको छैन् । गैर जिम्मेवारी पन उद्धाङ्ग भएको छ । आफ्नो डम्फु बजाउदै हिडेका छन् । जसले गर्दा जनविश्वास घट्दै गएको छ । यदि सत्य भन्ने हो भने पदमा भएकाहरुले आफ्नै पद जोगाउन पनि धौधौ भयो । कारण राजनीतिक बेइमानीको प्रतिफल भन्दा अतियुक्त हुदैन होला । अपनत्व संस्कार, संस्कृति आदर्शहीन राजनीतिको कुनै पनि भर विश्वास हुदैन् । वर्तमान राजनीतिको खिचातानीले गर्दा देशमा अन्योल थापिदै गएको छ । किनभने राजनीति पद प्राप्त गर्ने तर्फ लागेको छ । देश र जनहितमा छैन् । त्यसैले सबैमा सद्गुण बुद्धि आओस हरिओम तत्सत ।