ज्ञानेश्वर सहानी
नवलपरासी, फागुन । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने गर्ने ४८ जना लाई कारवाहीमा लिएको छ ।
होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपनिरीक्षक बिनोद सिलवार ले जानकारी दिए ।
उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले नवलपरासी जिल्लाका विभिन्न स्थान र मुख्यबजारका चोकहरुमा होलीको बाहानामा कुनै पनि घटना नहोस भन्ने उद्देश्यले चेक जाँचलाई कडाइ गरेको थियो ।
होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाएको थियोे।सोहीक्रममा मोटरसाइकलमा तीनजना चड्ने, हेलमेट नलगाई मोटरसाइकल हाक्ने र लाइसेन्स नभएका सवारी साधन र माधकपदार्थ सेवन गरी हल्लागरि झगडा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही गरीने जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभएको छ।