logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवा क्याम्पसमा स्ववियू निर्वाचनको नेतृत्व मनिष ढकाल गर्ने


    २७ फाल्गुन २०७९ , शनिबार

    भैरहवा क्याम्पसमा स्ववियू निर्वाचनको नेतृत्व मनिष ढकाल गर्ने

    सुरज ज्ञवाली
    भैरहवा,  फागुन । भैरहवा बहुमुखि क्याम्पसमा अखिल क्रान्तिकारी र राप्रविसघले स्ववियू निर्वाचनमा संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् । अखिल क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष मनिष ढकालको नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको संयुक्त प्यानलको सचिवालले जानकारी दिएको छ । भैरहवा बहुमुखि क्याम्पस स्ववियू निर्वाचन कमिटिले दिएको जानकारी अनुसार अखिल क्रान्तिकारी र राप्रविसघ बाट संयुक्त उम्मेदवारी दर्ता भएको छ । जसमा अध्यक्षमा मनिष ढकाल, सचिवमा सलमान अहमद खाँन ,कोषाध्यक्षमा राममिलन बरई, सदस्यमा प्रतिमा मुराऊ, नारायण भट्टराई, विजय कुमार चौधरी, मोइमुद्दीन भाट, राकेश लाल यादव, सुनिता रसाइली, एलिना सुनार, सुर्यनाथ धोवी रहेको भैरहवा बहुमुखि क्याम्पस स्ववियू निर्वाचन कमिटिले जनाएको छ ।
    “कलम हुनेछ तारा, विद्यार्थीको समस्या क्रान्तिकारीको नारा । परिवर्तनको आधार, क्रान्तिकारीको उम्मेदवार ।।” भन्ने नाराका साथ स्ववियू निर्वाचनमा हुमिएको क्रान्तिकारीले आफ्नो जीत सुनिश्चि र रहेको जनाएको छ । दस बर्षे जनयुद्ध र गणतन्त्र स्थापनाको मुख्य शक्ति रहेको क्रान्तिकारीले मधेशी, मुस्लिम, थारु, जनजाति र दलितको अधिकारको लागि लामो लडाई लडेका कारण अहिले सबै क्षेत्रमा समावेशी र समानुपातिको ग्यारेन्टी भएको जनाएको छ । क्रान्तिकारीका तर्फबाट स्ववियू निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका ढकालले अहिलेको समाजिक रुपान्तरणमा ६ हजार भन्दा बढी महिला स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा जनप्रतिनिधि हुनु क्रान्तिकारी विद्यार्थी संगठनले गरेको संघर्षको उपज रहेको जनाए । उनले सबै वर्ग, समुदाय र गरीब विपन्नहरुले अधिकारको लागि बोल्ने अवसर समेत क्रान्तिकारीले प्रदान गरेको बताए । इतिहास हेर्नु होस र पढनुहोस नेपालमा केही व्यक्तिहरुको मुठ्ठिमा रहेको राज्य संयन्त्रमा क्रान्किारीले गरेको संघर्षका कारण हजारौँ हजारको संख्यामा समावेशी र समानुपातिको आधारमा निजामति क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि विभिन्न संघ संस्थाहरुमा सबै समुदायको प्रतिनिधित्वको ग्यारेन्टी आफुहरुले गरेका कारण अहिले परिवर्तन भएको ढकालले जानकारी दिनुभयो । अहिलेको परिवर्तनमा आफनो संगठनले धेरै रगत बगाएको भन्दै हजारौँ हजार क्रान्तिकारी विद्यार्थीहरुले जीवन बलिदान दिएकाले पनि यस पटक गुणस्तर र बैज्ञानिक शिक्षाको ग्यारेन्टी गर्नका लागि क्रान्तिकारीलाई भोट दिन अध्यक्ष ढकालले अपिल गरेका छन् । देश अखिल क्रान्तिकारीको एजेन्डामा हिडेपनि प्राविधिक र आधुनिक शिक्षाको ग्यारेन्टी गर्न आफुहरुलाई यस पटक सबै समुदाय बर्ग विशेष गरेर मधेशी, जनजाति ,महिला र दलितले भोट हाल्नु पर्ने अध्यक्ष ढकालको अनुरोध रहेको छ ।
    “जनमुखि र बैज्ञानिक शिक्षाको पक्षमा क्रान्तिकारीको दृढता । भ्रष्टाचार मुक्त र समानुपातिक स्ववियू हाम्रो प्रतिबद्धता ।। ” भन्ने मुल मर्मका साथ २०६५ को स्ववियू निर्वाचनमा सामेल भएको अखिल क्रान्तिकारीका कारण यस पटक राज्यले सबै वर्ग समुदायलाई समेट्ने गरी समानुपातिक स्ववियू निर्वाचन प्रणली लागु गर्नु आफुहरुको माग अनुसार भएको पनि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनुप पोखरेलले जनाएका छन् । सडक बाघको रुपमा विद्यार्थीहरुको अधिकारको लागि लडदैं आएको अखिल क्रान्तिकारीले देशैभरी स्ववियूनिर्वाचनको लागि भाग लिएके छ । यो संगठनले भैरहवा बहुमुखि क्याम्पसमा जित्ने सुनिश्चित रहेको स्ववियू निर्वाचन सचिव पदमका उम्मेदवार राप्रविसंघका नेता सलमान अहमद खानले जानकारी दिए ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.