कमल रायमाझी
नेपालमा प्रजातन्त्रको स्थापना संगै शुरु भएको खुल्ला अर्थनीतिले व्यापार व्यवसाय गर्नेहरुका लागि सजिलो बनाएको छ । आर्थिक गतिविधिले चलायमान हुँदा नेपालमा साना देखि ठुला व्यवसायीहरुले आफ्नो व्यापार प्रतिष्ठान संचालन गरेको देखिन्छ । विश्व व्यापार संगठनको सदस्यता समेत प्राप्त गरेको नेपालले संसारभर आफ्नो व्यापारिक सञ्जाल जोडेको छ । विश्वमा ठुला अर्थपुजी भएका चिन र भारतको विचमा रहेको हाम्रो देशले छिमेकीका साथै युरोप र अमेरिका सम्म आफ्नो व्यापार गर्ने गरेको छ । नेपालले आफ्नो उत्पादन विश्व बजारमा पु¥याउने र विश्व बजारमा उत्पादन भएका उपभोग्य बस्तुहरु नेपाल सम्म ल्याउने कार्य निरन्तर हुने गरेको छ । वैदेशिक व्यापारलाई उच्च प्राथमिकतामा राखेको नेपालले आफ्नो उत्पादनलाई नाफामुखी बनाउन नसकेको देखिन्छ । देशको आर्थिक विकासमा व्यापारको महत्वपुर्ण भुमिका हुने गरेको छ । अन्तर्राष्ट्रिय बजार र आन्तरिक बजारलाई चलायमान गराउने देशहरु अहिले संसारमा धनी देशको दर्जामा पुग्न सफल भएका छन् । मानिसको सभ्यताको प्रारम्भ देखि नै विभिन्न रुपमा व्यापारको अस्तित्व रहेको पाइन्छ । समय क्रम संगै व्यापारमा पनि नयाँ प्रविधि र बस्तुको विकास र उत्पादनहरु हुने गरेको छ । प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र त्यस पछिको आधुनिक तथा वर्तमान अवस्था सम्म आईपुग्दा विश्व व्यापारमा अर्थतन्त्रको उच्च विकास भएको देखिन्छ । दोस्रो विश्वयुद्ध पछि संयुक्त राष्ट्र संघको गठन संगै विश्व बजारमा विभिन्न आर्थिक संस्थाको स्थापनाले अन्तर्राष्ट्रिय बजारलाई एक ठाउँमा उपस्थित गराउन सफल भएको छ । आफ्ना देशहरुलाई आन्तरिक तथा वाह्य व्यापार वा विदेशी व्यापार गर्न सक्ने विधिको विकास अहिले भएको छ । यसका लागि विश्व व्यापार संगठन तथा विभिन्न अन्तर्राष्ट्रिय व्यापारीक संस्थाको स्थापनाले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । जसले विश्वव्यापी रुपमा व्यापारलाई बढोत्तर गर्न सहयोग पु¥याएको देखिन्छ । अन्तर्राष्ट्रिय व्यापार कुनै पनि देशको विकासका लागि महत्वपुर्ण मार्गको रुपमा लिने गरिन्छ । नेपालले पनि परापुर्वकाल देखि अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको इतिहास छ । हिजो कृषि क्षेत्रमा आश्रित हाम्रो देशले अहिले औद्योगिक विकासमा अगाडी बढेको छ । देशमा उत्पादन हुने बस्तुहरुलाई विश्व बजारमा बिक्रि गर्ने काम समेत नेपालका व्यापारिहरुले गर्ने गरेका छन् । तर नेपालले गर्ने व्यापार विदेशमा निर्यात गर्ने भन्दा आयात धेरै गर्ने गरेको छ । जसले गर्दा बार्षिक रुपमा व्यापार घाटा बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलिय पदार्थ, खाद्यान्न, उपभोग्य बस्तु, निर्माण सामग्री लगायतको उच्च आयात हुने गरेको छ । जसले गर्दा पछिल्लाें समयमा समग्र व्यापार घाटा उच्च रहेको देखिन्छ । देशमा विदेशी मुद्रा संचित समेत घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ पछि सुस्तायको विश्व अर्थव्यवस्था र रसिया–युक्रेन युद्धले विश्व बजारमा पारेको समस्याले नेपाललाई पनि नराम्रो तरिकाले छोएको देखिन्छ । नेपालले विश्व बजारमा निर्यात गर्ने पाम तेल, सोयाविन तेल, पिना, धागो, उनी, गलैँचा, अलैँची, चिया, जडीबुटीले उचित बजार पाएको देखिदैन । उच्च आर्थिक विकासको गरेका छिमेकी मुलूक चीन र भारत संग नेपालमा व्यापार घाटा अझै बढ्दो देखिन्छ । देशको उत्पादन विश्व बजारमा पु¥याउन नसक्ने र विश्व बजारमा उत्पादन भएका बस्तु नेपालमा ल्याउन अघि सर्ने नेपाली उद्यमीहरुको सक्रियताले नेपालमा अहिले व्यापार घाटा बढ्दो छ । देशको कमजोर अर्थ नीतिको सदुपयोग गर्दै व्यापारीहरुले नेपाललाई व्यक्तिगत रुपमा आर्थिक उपार्जनको थलो बनाउँदा देश र यहाँका जनताको टाट पल्टिने अवस्था श्रृजना भएको छ । यसका लागि देशमा स्थापना भएका व्यापारीक संघ, संगठनले छलफल र अन्तरक्रिया गरी नेपाली उत्पादनलाई विश्व बजार सम्म पु¥याउने प्रयास गर्नु पर्दछ । नेपाल उद्योग बाणिज्य महासंघ तथा अन्य यस्तै प्रकृतिका संस्थाहरुले देशको आर्थिक विकासका लागि उत्पादनमुखी कार्यक्रमहरु अगाडी बढाउनु पर्ने देखिन्छ । विदेशी वस्तु नेपालमा आयात गर्न सधैँ अगाडी सर्ने नेपालमा व्यापारीहरुलाई अव यहाँ उत्पादन गरेर विदेशमा पठाउने वातावरण यस्ता संस्थाहरुले गर्नुपर्ने अहिलेको आवश्यकता हो । यस तर्फ राज्यले पनि ध्यान दिनु पर्दछ । जसका लागि नेपाल सरकार, यहाँका जनता र व्यापारीहरुको भुमिका महत्वपुर्ण रहन्छ । सरकार संगको सहकार्यमा नेपाललाई विभिन्न वस्तुको उत्पादनमा जोड दिने र त्यसलाई विश्व वजार सम्म पु¥याउन सके देशले भोगेको व्यापार घाटा कम गर्न सकिन्छ । यस तर्फ सबैको ध्यान जानु पर्दछ । विशेष गरेर उद्योग वाणिज्य संघहरुले नयाँ उद्यमी तयार गर्ने र उत्पादनमा जोड्दै नेपाली उत्पादन संसारभर पु¥याउने जमर्को गर्नु अहिलेको माग हो ।