logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    साधना लघुवित्त वित्तीय संस्था द्वारा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम


    २८ फाल्गुन २०७९ , आइतबार

    साधना लघुवित्त वित्तीय संस्था द्वारा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

    अन्जना चौहान
    लुम्बिनी, फागुन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा साधना लघुवित्त वित्तीय संस्थाले बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन खाँनको प्रमुख अतिथ्यता गरिएको थियो । कार्यक्रममा खाँनले भने “समाजमा रहेका विपन्न तथा महिलाहरुको सानो पुजीलाई बचत गरी लघु व्यवसायी बनाउनमा लघुवित्त वित्तीय संस्थाहरुको महत्वपूर्ण योगदान रहेको रहेको छ ।”
    कार्यक्रममा साधना लघुवित्त संस्थाका सहायक महाप्रवन्धक सरिता ढकालको विशिष्ट अथिथ्यतामा संचालन गरिएको थियो । लघुुवित्त वित्तीय संस्था भनेको खुद्रा कर्जाको कारोवार गर्ने गर्दछ साथै लघुवित्त वित्तीय संस्थाहरुले विपन्न तथा न्युन आए भएका व्यक्ति तथा महिलाहरुलाई सदस्य वनाई तिनीहरुबाट नियमित रुपमा बचत संकलन गर्ने तथा विभिन्न वित्तीय संस्थाहरुबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरुलाई सामुहिक रुपमा कृषि तथा लघु उद्यम व्यवसाय संचालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने कार्य वित्तीय संस्थाहरुले गर्ने ढकालको भनाई रहेको छ । केन्द्र प्रमुख गोष्ठी कार्यक्रम भनेको के हो, केन्द्र प्रमुखको कामको बारेका ढकालले जानकारी दिनुभयो । कार्यक्रममा साधना लघुवित्त वित्तीय संस्थामा बचत सम्बन्धी, कर्जा सम्बनधी, किस्ता सम्बन्धी संस्थाले दिने सेवा, कर्जा परिचालन जस्ता सेवा सुविधा बारेमा समेत ढकालले बताउनुभयो । साधना लघुवित्त वित्तीय संस्थाले बाल बचत, व्यक्तिगत बचत , समुह बचत, केन्द्र कोष बचत, साधना स्पेशल बचत जस्ता बचतहरु रहेको ढकालले जानकारी दिनुभयो । साधना लघुवित्त वित्तिय संस्थाले हालमा साधारण कर्जा मात्र प्रवाह गर्ने र कर्जा लिए वापत कसरी तिर्ने ,केमा कर्जा लगानी गर्ने भन्ने बारेमा समेत ढकालले जनाउनुभयो । कर्जा लिएको सदस्य सुत्केरी भएमा २ वर्ष शिशु स्याहार खर्च दिने व्यवस्था, कर्जा परिचालन गरेका सदस्य दुर्घटनामा परी ५ दिन अस्पतालमा वस्दा ५ हजार दिने, कर्जा लिएको सदस्यको श्रीमान अथवा श्रीमतिको कुनै कारण मृत्यु भएमा क्रिया खर्च समेत दिने व्यवस्था रहेको ढकालले बताउनुभयो । कार्यक्रममा सदस्यहरुको गुनासो प्रति साधना लघुवित्त वित्तीय संस्थाले पहल गर्ने र आउने दिनमा अझंै विभिन्न किसिमको योजनाहरु संचालनमा ल्याउने ढकालको भनाई रहेको छ ।

    उत्कृष्ट लघु व्यवसायी सदस्यहरुलाई दोसल्ला ओढाई प्रसंस पत्र समेत वितरण गरी सम्मान गरिएको कार्यक्रम संचाललक अभिनाथ कुमार बनियाँले बताउनुभयो ।
    कार्यक्रम आशा कुमारी कुर्मी अध्यक्षतामा, साधना लघुवित्त वितीय संस्थाका केन्द्र प्रमुख, उपप्रमुख, अतिथि साँस्कृतिक नगरपालिका वडा नम्बर ७ र १० का वडा अध्यक्ष धु्रप यादव, विनोद कहार, समाजसेवी, आबद्ध कर्मचारी तथा सदस्यहरु लगायत अन्य स्थानीय वासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.