असलम खाँन
मर्चवार, फागुन । रुपन्देहीको मर्चवारी गाउँपालिकामा आधारभुत स्वास्थ्य परियोजना इ.एच.पी कुष्ठरोगवाट प्रभावित व्यक्तिहरुका लागि हेरचाह ३ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
इन्द्रेणी ग्रामीण विकास केन्द्र र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा मर्चवारी गाउँपालिका वडा नम्बर ७ मा रहेका बगौली स्वास्थ्य हेरचाह कृषक समुहका हात्तीपाइले तथा कुष्ठरोगवाट प्रभावित व्यक्तिहरुका लागि स्वयं हेरचाह ३ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको इन्द्रेणी ग्रामीण विकास केन्द्रका फिल्ड सुपरवाइजर अलाउद्दीन खाँनले वताएका छन् । वडा नम्वर ७ मा गरिएको ३ दिने अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरई रहेका थिए । कार्यक्रम बारे प्रशिक्षण मर्चवारी गाउँपालिका स्वास्थ्य शाखाका पुरुषोत्तम घिमिरे दिनु भएका थिए ।