पशुपति यादव
रोहिणी, २९ फागुन । रुपन्देहीको सदरमुकाम देखि पूर्व हुलाकी सडकको उत्तर तिर पर्ने ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय नजिक ओमसतिया मन्दिरमा श्रीमद्भागवत कथा धन्धान्याञ्चल ज्ञान महायज्ञको तयारी पुरा भएको छ ।
३ सय ५० वर्ष पुरानो मन्दिर त्यही मन्दिरको नाम बाट गाँउपालिकाको नामाकरण भएको छ । जसको नाम ओमसतिया गाउँपालिका गणतान्त्रिक संविधानमा पहिचान पाएको छ ।
मन्दिर परिसर भित्र १०८ शिवलिङ्ग स्थापना ५ फिटको हनुमान मुर्ति निर्माणका लागि सुन्दरीकरण यस क्षेत्रको संस्कृतिक धार्मिक पर्वको रुपमा र धार्मिक पर्यटकीय प्रचार प्रसारको हेतुले धान्याचल महायज्ञ गर्न लागिएको यस महायज्ञ समितिका सचिवालयले जनाएको छ ।
चैत्र राम नवमीको पावन अवसरलाई मध्यनजर गर्दै यही मिति २०७९ चैत्र ७ गते समय विहान १० बजे भजन कृतन शङ्ख ध्वनि सहित शुभ कलश यात्रा दिनको १ बजे महायज्ञ समुदघाटन हुने कलश यात्राका संयोजकले जनाएको छ । बैदिक सनातन धर्म संरक्षण संवर्धन एवम् विश्व शान्ति कल्याणको हेतुले महायज्ञका कथा वाचक अमर आचार्य (बनारसी) को मुखारबृन्द बाट बाचन हुने साथै संगीतमय भजन कृतन तथा झाकी सहितको कार्यक्रम हुने सम्पूर्ण धर्मावलम्बी नगरवासी महायज्ञको उद्देश्यलाई पुरा गर्नको निम्ति तन, मन, धन, वचन, कर्म द्वारा सहयोगको आग्रह गर्दै रसमय भगवान श्रवण रसयानका लागि धन्धान्याञ्चल ज्ञान महायज्ञका संचालक मोहन शरण शर्मा पत्रकार सम्मेलन मार्फत अमन्त्रण गरेका थिए । साथै मिति २०७९ चेत्र १६ गते सम्पन्न हुने जानकारी गराएका थिए ।