logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    जगद्गुरु आश्रम दक्षिण पीठ संचालक समिति गठन


    ३० फाल्गुन २०७९ , मंगलबार

    जगद्गुरु आश्रम दक्षिण पीठ संचालक समिति गठन

    आश्रमको डि.पी.आर को नेतृत्व वास्तुकला विद् इ.अमृता पौडेल  अधिकारी गर्ने

    झब्बर यादव
    सिद्धार्थनगर, ३० फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपूरमा विष्णु रायमाझीको अध्यक्षतामा जगद्गुरु आश्रम दक्षिण पिठको संचालक समिति गठन भएको छ । उक्त वडा स्थित रहेको नवदुर्गा मन्दिर तथा डण्डा नदिको तटमा जगद्गुरु आश्रम दक्षिण पिठ निर्माण हुने भए पछि संचालक समिति गठन भएको हो । उक्त संचालक समितिको उपाध्यक्षमा लक्ष्मण पन्थी, सचिवमा शेरबहादुर सुनार, कोषाध्यक्षमा लिला बहादुर कार्की, सदस्यहरुमा अखलेश्वर पाण्डे, कुल प्रसाद खनाल, ओमकार नाथ पाण्डे, भिम अधिकारी, कृष्ण प्रसाद भण्डारी, चन्द्र कुमार चौधरी, नरबहादुर श्रीस, माधव ज्ञवाली, जिव नारायण पौडेल, लिलामणि भट्टराई, निमबहादुर कुवर, हुमा सुबेदी र कमल रायमाझी चयन भएको जगद्गुरु आश्रम दक्षिण पीठले जनाएको छ  ।
    जगद्गुरु आश्रम दक्षिण पीठ संचालक समितिले पिठ निर्माणका लागि कुल प्रसाद खनालको अध्यक्षतामा निर्माण समिति पनि गठन गरेको छ । जसमा उपाध्यक्ष ओमकार पाण्डे, सचिवमा अनिता ज्ञवाली, कोषाध्यक्षमा निम बहादुर कुवर, सदस्यमा राज कुमार कहार गौड्, राम प्रसाद उपाध्याय, लिलामणि भट्टराई, सिता कुवर, जया उपाध्याय, राजन कुवर, धनबहादुर कुवर चयन गरेको छ ।
    संचालक समितिले विधान मस्यौदाका लागि कमल रायमाझीको संयोजकत्वमा समिति गठन गरेको  जानकारी दिएको छ । रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा यहि २०७९ माघ ४ गते देखि १२ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ संचालन भएको थियो । श्रीमदभागवत महायज्ञबाट उठेको रकमबाट जगद्गुरु दक्षिण पीठ निर्माण गर्ने भएको हो । जगद्गुरु निर्माण पछि यहाँ गौसाला, आश्रम, धर्मशाला, मन्दिर लगायतको स्थापना हुने समितिले जनाएको छ । नेपालको प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको नेपालका चार कुना मध्ये दक्षिण पिठ यहाँ निर्माण हुदैछ । उक्त पीठ निर्माणार्थ महायज्ञ गरिएको थियो। जगद्गुरु पीठको गुरु योजना निर्माण वास्तुकलाविद् इ.अमृता पौडेल अधिकारीको नेतृत्वमा हुने भएको छ । नेपालका चर्चित वास्तुकलाविद् अमृताले डण्डा तटको विस्तृत परियोजनाको कार्य सुभारम्भ गरेको जगद्गुरु पीठले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.