लुम्बिनीखबर
सिद्धार्थनगर, ४ चैत । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अगामि अधिवेशन भदौं १ र २ गते हुने भएको छ । संघको १७ औ साधारण सभा तथा १३ औं अधिवेशन भदौमा गर्ने लुम्बिनी निर्माण व्यवसायीको कार्य समितिले निर्णय गरेको छ । निर्माण व्यवसायी संघको १५ औं नियमित बैठक विभिन्न एजेण्डा माथि छलफल गरी सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक शाही को अध्यक्षतामा बसेको बैठकले संघको आगामी साधारण सभा तथा अधिवेशनको विषयमा छलपल गरेको संघका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।संघको आगामि साधारण सभा र अबिधेशन समेत भब्य र सभ्य रुपमा सम्पन्न गर्न निर्णय गरेको छ । संघका कार्य समिति, सल्लाहकार, कानुनी सलहकार, सदस्यहरु र शुभ चिन्तकहरुलाई अगामि अधिवेशनका लागि छलफल र अन्तरक्रिया गर्ने संघका अध्यक्ष शाहीले बताउनुभयो । संघको १३ औं अबिधेशन तथा १७ औं साधारण सभा समेत भएको छ । देशमा आएको आर्थिक मन्दि तथा कोभिडका कारण व्यवसायमा परेको असरले लुम्बिनी निर्माण व्यवसायीका सदस्यहरुलाई विभिन्न समस्या सृजना गरेको बताउदै संघका महासचिव प्रयास खड्काले अन्तरक्रिया गरी संघलाई व्यवस्थित र सक्षम बनाउने प्रतिबद्धता बैठकमा व्यक्त गरेको संघका कोषाध्यक्ष प्रितम रौनियारले जानकारी दिनुभयो ।
शनिवार संघको कार्यकक्षमा बसेको बैठकले निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका कार्यालय सचिव राजेन्द्र गौतमको मोटरसाईकल दुर्घटनामा असामायिक निधन भएको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारलाई समबेदना समेत वैठकबाट पारित गरेको छ । नेपालको उत्कृष्ठ निर्माण व्यवसायी लुम्बिनी व्यवसाय संघ ले गर्ने सामाजिक क्षेत्रको कार्यलाई सधै निरन्तरता दिने विषयमा वैठकमा छलफल भएको छ । निर्माण व्यवसायी संघ देशको आर्थिक समृद्धिको लागि महत्वपूर्ण संस्था भएकाले यस भित्र सदस्यहरुलाई समय अनुकुल परिवर्तन र तालिमहरुको व्यवस्थागर्ने समेत संघले जनाएको छ । संघका महासचिव प्रयास खडका र अध्यक्ष दिपक शाहीले प्रस्तुत गरेको एजेण्डा माथि छलफल गर्दै संघको कार्य समिति सदस्यहरु ले संघलाई अग्रगामी सोचका साथ देशलाई समृद्धि तर्फ अगाडि बढाउने विषयमा छलफल गरेका छन् । साथै संघको कार्य समिति वैठकले संघ पूर्व पदाधिकारीहरुलाई निर्माण व्यवसायी लुम्बिनी प्रदेशको कार्य समिति तथा पदाधिकारीमा चयन हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ ।
त्यस्तै लुम्बिनी निर्माण व्यवसाय संघका कोषाध्यक्ष प्रितम रौनियार, सदस्यहरु मंगल भण्डारी र कैलाश गुप्तालाई पनि सिद्धार्थ उद्योग बाणिज्य संघको सचिव र सदस्यमा निर्वाचत भएकोमा हार्दिक बधाई ज्ञापन गरेको संघका महासचिव खड्काले जानकारी दिनु भयो ।