logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    राष्ट्रपति संस्थाको गरिमा राखौं


    ५ चैत्र २०७९ , आइतबार

    राष्ट्रपति संस्थाको गरिमा राखौं

    नेपालमा गणतन्त्र स्थापना भएको छ । राजतन्त्रको अन्त्य संगै संस्थागत भएको गणतन्त्रमा जनताका छोरा—छोरी राष्ट्र प्रमुख बन्ने अवसर प्राप्त गरेका छन् । देशमा जनताले चाहेको व्यक्ति राष्ट्र प्रमुख बन्न नेपाली जनताले लामो संघर्ष गर्नु प¥यो । राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल देश रुपान्तरण भएको छ । माओवादी जनयुद्ध तथा अन्य राजनीति दलहरुले गरेको आन्दोलनले नेपालको व्यवस्था परिवर्तन भएको छ । व्यवस्था परिवर्तन भएपनि जनताले चाहे जस्तो अवस्था परिवर्तन हुन सकेको देखिदैन । देशमा समानुपातिक तथा समावेसीको सिद्धान्त लागु भएको छ । राज्यबाट बहिष्कृत तथा तिरस्कृत परे भनिएका समुदायहरुलाई पनि आरक्षणको व्यवस्था गरी जनप्रतिनिधि र सरकारी क्षेत्रमा पुग्न संविधानले सहज बनाएको छ । महिला र पुरुषमा समानताको सिद्धान्तमा कानुन निर्माण भएको छ । देशको रुपान्तरणका लागि हजारांै मानिसहरुले बलिदानी दिएकाले पनि यो परिवर्तनलाई संस्थागत गर्न आवश्यक देखिन्छ । स्थानीय तह देखि प्रदेश र संघ सम्म सवै समुदायको प्रतिनिधित्व हुने व्यवस्था नेपालमा अहिले देखिएको छ । यहि व्यवस्थामा रहेर मधेसको छोरा रामवरण यादव नेपालको पहिलो राष्ट्रपति बन्न सफल भएका छन् । देशको पहिलो महिला राष्ट्रपति विद्या देवी भण्डारी समेत देशको राष्ट्रपति बनेर भर्खर विदा भएका छन् । तर संविधानले बोले जस्तो र नेपाली जनताले चाहे जस्तो राष्ट्रपति नेपालले पाउन सकेको छैन । संविधान र कानुनले व्याख्या गरेका विषय भन्दा बाहिर पुगेर नेपालमा भुतपुर्व राष्ट्रपतिहरु आफ्नो काम कार्वाहीहरु गरेको देखिन्छ । त्यसलाई बाध्यता पार्ने नेपालका राजनीतिक दलहरु क्रियाशिल रहेका छन् । देशको संविधान र कानुनको फाइदा उठाउदै देशलाई अस्थिरतामा लैजाने काम नेपालमा राष्ट्रपतिहरुले विगतमा गरेको देखिन्छ । राष्ट्रपति देशको प्रमुख पद भएकाले पनि नेपालमा त्यसलाई प्रतिकको रुपमा लिने गरिन्छ । नेपालले चांैथो कार्यकालमा लागि तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेललाई पाएको छ । पौडेलले विगतमा राष्ट्रपतिहरुले जस्तो दलहरुको एजेण्डा बोक्ने काम गर्दछ नकी कानुनको परिधिमा रहेर काम गर्छन हेर्न बाँकी छ । राष्ट्रपतिको भूमिका प्रति नेपाली जनता स्वतन्त्रता र निष्पक्षताको रुपमा लिने गर्दछन् । यसका लागि दलहरुले पठाउने दलका कार्यकर्ता राष्ट्रपति बन्दा राष्ट्रपति संस्थाको गरिमा स्वच्छ हुन सकेको छैन । संविधानले राष्ट्रपतिलाई संरक्षकको रुपमा व्याख्या गरेको छ । त्यसकारण पनि राष्ट्रपति संस्था विवादमा तानिनु हुदैन । प्रथम राष्ट्रपति यादवले प्रधानसेनापति रुक्मागत कटुवाल काण्डमा कांग्रेस पार्टीको योजना अनुसार काम गरेर विवादमा तानिए भने दोस्रो राष्ट्रपति भण्डारी के.पी.शर्मा ओलीको सांसद विघटनको संरक्षक बनेर विवादमा तानिएको दृष्टान्तले नेपालको राष्ट्रपति संस्थालाई शंकाको दृष्टिकोणले हेर्ने गरिएको छ । यसैले नेपालमा राष्ट्रपति संस्थाको गरिमा साझाँ अभिभावकको रुपमा विकास गर्न जरुरी देखिन्छ । राजा हटाएर जनताको छोरा राष्ट्रपति बन्नु भनेको एउटा राजा हटाएर अर्को राजा ल्याउने भनेको होइन । त्यसैले राष्ट्रपति संस्थालाई मितव्य , तडक, भडक र अनियमिता बाट बचाउनु पर्दछ । राष्ट्रपतिको सवारीमा समेत जनताले दुःख पाउन थाले पनि मानिसमा आक्रोस देखिन्छ । राजालाई हटाएर जनताको छोरा छोरी राष्ट्र प्रमुख बन्नु हाम्रो लागि गर्भको विषय भएको छ । देशको प्रमुख भएको व्यक्तिले साना तथा विवादित विषयमा लाग्नु हुदैन । तसर्थ नेपालले परिवर्तन संगै भएका रुपान्तरणलाई संस्थागत गर्न आवश्यक छ । यसको लागि राज्य तथा यहाँका जनता विच छलफल तथा अन्तरक्रिया बाट समृद्धिको यात्रा तय गर्नु पर्दछ । नेपाल संसारको सुन्दर देश भएकाले पनि विश्वको ध्यान यहाँको सगरमाथा, लुम्बिनी र प्रकृतिक स्रोतमा देखिन्छ । त्यस कारण जनतामा राष्ट्रपति प्रति विश्व र गरिमा बचाउनका लागि सचेत बन्न जरुरी छ । केवल व्यक्ति मात्र नभएर संस्थाको गरिमा बचाउनु हामी सवैको कर्तव्य हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.