logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृषि तथा पशुपालनमा व्यवसायमुखी बन्दै कञ्चन


    ६ चैत्र २०७९ , सोमबार

    कृषि तथा पशुपालनमा व्यवसायमुखी बन्दै कञ्चन

    झब्बर यादव
    सिद्धार्थनगर, चैत । रुपन्देहीको कञ्चन गाउँपालिकाले कृषि तथा पशुपालनलाई निर्वाहमुखी भन्दा व्यवसायमुखी भन्ने सन्दर्भमा विशेष जोड दिई कार्य गर्दै आइरहेको छ ।
    कञ्चन गाउँपालिका कृषि तथा पशुपालनमा आश्रित रहेको क्षेत्र हो । गाउँपालिकाले कृषकहरुको उत्पादन वृद्धि गर्नका लागि गुणस्तर विउँ विजन तथा यन्त्र उपकरण व्यवस्थापन तर्फ विशेष जोड दिई कार्य गर्दै आइरहेको गाउँपालिका प्रमुख नवराज ढकालको भनाइ रहेको छ । गाउँपालिकाले विभिन्न सेवा सुविधाहरु स्थानीय तह मार्फत वडा स्तरका कृषकहरुलाई पु¥याई कृषि कार्यमा विशेष योजना अनुसार कार्य गर्दै आइरहेको गाउँपालिका प्रमुख ढकालले जनाउनुभयो । कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरुलाई बजारीकरण तर्फ पहल गरिरहेको गाउँपालिका प्रमुख ढकालले बताउनुभयो । कृषकहरुले लगाएको वाली समयमा सिचाई नहुदाँ सप्रिएको वाली पनि नष्ट भएर जाने समस्यालाई हटाउन डिप सिचाई सुविधा गर्ने, सम्भव भएमा डिप ट्युबेल मार्फत सिचाई गरेमा अत्यन्तै राम्रो हुने यस शिर्षकमा बजेट विनियोजन गरिसकेको गाउँपालिका प्रमुख ढकालले जनाउनुभयो । गाउँपालिकाले कृषि तथा पशुको विमा सम्बन्धि विविध पक्षको व्यवस्थापन गरेमा कृषक व्यवसायीहरुको घाटा सुधार हुने कार्यमा योजना अनुसार संचालन गर्ने गाउँपालिका प्रमुख ढकालले बताउनुभयो । निर्वाहमुखि पशपालनलाई आधुनिकीकरण गरी व्यवसायमुखि बनाई कृषकहरुको जीवनस्तर सुधार हुने गाउँपालिका प्रमुख ढकालले बताउनुभयो । सामुहिक व्यापार व्यवसाय बृद्धि गर्नेमा विशेष पहल गर्नुपर्ने तथा पशुपालन गर्ने कृषकहरुका लागि समय समयमा प्रोत्साहन कार्यक्रम संचालन गर्ने गाउँपालिका प्रमुख ढकालको भनाई रहेको छ ।
    कृषकलाई आवश्यक्ता भन्दा बढी पूर्णअनुदान दिएको हुदाँ लगानी गरेको जति उत्पादन हुन सकेको देखिदैन् । त्यसैले अनुदान दिदाँ कृषक र गाउँपालिका दुबैको समन्वय अनुसार लगानी गर्न जरुरी रहेको प्रमुख प्रशासकीय अधिकृत सागर गौतमकले बताउनुभयो । कषि तथा पशु स्वाथ्य सम्बन्धी समय समयमा विभिन्न कार्यक्रमहरु गर्नु पर्छ । त्यसै अनुसार कृषकहरुले पनि कार्य गरेमा मात्र कृषि तथा पशुपालनमा सुधार गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत गौतमले जनाउनुभयो । गाउँपालिकाले कृषकहरुको आवश्यक्तालाई ध्यानमा राखेर कृषकहरुको स्वामित्वमा कार्यक्रम संंचालन गरेमा अझै प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो । कृषकहरुको उत्पादक्त्व वृद्धिका साथै उचित मुल्य पनि निर्धारण गरी बजार व्यवस्थापन गर्नमा पनि हामी सबै कर्मचारी, जनप्र्रतिनिधि र कृषक तथा अन्य सरोकारवालाहरुले भुमिका खेल्न जरुरी रहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।
    कञ्चन गाउँपाालिकामा कृषिका लागि योग्य जमिन प्रसस्त मात्रामा भएकोले विभिन्न किसिमका खाद्य तथा नगदे वालीहरु लगाइन्छ । साथै पशुपालनका लागि योग्य रहेको पशु तथा कृषि शाखा प्रमुख मगरे पाल (गडेरीया) को भनाइ रहेको छ । गाउँपालिकाले कषि तथा पशुपालन विकास गर्न विभिन्न नीति नियम बनाई कार्य गर्दै आइरहेको गाउँपालिका पशु तथा कृषि शाखा प्रमुख मगरे पाल (गडेरीया) ले बताउनुभयो । गाउँपालिकाले कृषि तथा पशु सम्बन्धी कार्यक्रमका लागि आर्थिक वर्ष ०७९।८० मा रु १ करोड ९७ लाख बजेट विनियोजन गरेको गाउँपालिका पशु तथा कृषि शाखा प्रमुख पालले जानकरी दिनुभयो । गाउँपालिकाले कृषि क्षेत्रलाई मध्यनजर गँहु विउँ वितरण कार्यक्रम, रोग र किरा नितान्त तथा नियन्त्रण, कृषि यान्त्रिकीकरण माटो परिक्षण, अनुदान कार्यक्रम, कृषि पाकेट स्थापना , च्याउँ विउँ उत्पादन उद्योग स्थापना लगायत अन्य कृषि कार्यक्रम रहेका छन् भने पशुका लागि भ्याक्सिन, रोग परिक्षण सम्बन्धि, पशुपालन व्यवसायमुखि कार्यक्रम लगायत पशुसम्बन्धि कार्यक्रम रहेका पशु तथा कृषि शाखा स्रोतले जनाएको छ । गाउँपालिकाले बनाएको योजनामा उल्लेखित कार्यक्रमहरु मध्ये गँहु तथा घाँस वितरण कार्यक्रम, वाली रोग तथा पशु रोग निदान वा नियन्त्रण , नियमित यान्त्रिकरण तथा कृषक प्रोत्साहन जस्ता कार्यक्रमहरु छनोट चरणमा रहेको गाउँपालिका पशु तथा कृषि शाखा प्रमुख पालले जनाउनुभयो । कृषि यान्त्रिकरण कोल्ड स्टोर निर्माण, पाकेट केन्द्र स्थापना , च्यााउँ विउँ उद्योग स्थापना , माटो परिक्षण जस्ता कार्यक्रमहरु गर्न बाँकी नै रहेको गाउँपालिका पशु तथा कृषि शाखाले जानकारी दिनुभयो । अहिले गाउँपालिकाले कृषकहरुको समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सोच विचार गरी कार्य गरेको र अगामी दिनमा कृषि उत्पादनलाई उचित मुल्यमा बजारीकरण गर्न सुनिश्चितता, कृषि बीमाको सर्वसुलभता, सिचाईका पूर्वाधार निर्माण , सामुहिक तथा चक्लाबन्दी खेति , बृहत यान्त्रिक सम्वन्धि कार्यक्रमहरु संचालन गर्न एकदमै आवश्यक रहेको गाउँपालिका पशु तथा कृषि शाखा स्रोतले जानकारी गराएको छ । गाउँपालिका भित्र २० वटा कृषि तथा पशु एग्रोभेट संचालनमा रहेको छ । यस्ता एग्रोभेट हरुले पनि कृषकहरुको कृषि उत्पादनमा महत्वपूर्ण भुमिका रहेको गाउँपालिका पशु तथा कृषि शाखा प्रमुख पालले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.