logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    ‘सुरक्षित नवलपरासी अभियान’ मा जिल्ला प्रहरी कार्यालय नवलपरासी


    ६ चैत्र २०७९ , सोमबार

    ‘सुरक्षित नवलपरासी अभियान’ मा जिल्ला प्रहरी कार्यालय नवलपरासी

    ज्ञानेश्वर सहानी। लुम्बिनीखबर
    नवलपरासी, चैत । पश्चिम नवलपरासीको सिमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान’सुरु योजना निर्माण गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासीले सुरक्षित नवलपरासीका लागि अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरेको हो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयका अनुसार सुरक्षित नवलपरासीका लागि सूचकहरु अघि सारिएको छ ।

    नवलपरासी प्रहरी अब मिसन र भिजनसहित सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण र अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना अघि सारेको उनको भनाइ छ ।
    नवलपरासी प्रहरीका अनुसार यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषधविरुद्ध सचेतना कार्यक्रम गर्दै आइरहेको छ ।
    दोस्रो ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको नवलपरासी प्रहरीको निष्कर्ष छ । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको पाण्डेय बताउँछन । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा वर्गीकरण गरिएको छ ।
    समस्या मात्रै होइन समस्या समाधानका उपायसमेत सुरक्षित नवलपरासी अभियानमा समावेश छ । नवलपरासी प्रहरीको सुरक्षित नवलपरासी र अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि गरिने क्रियाकलापसमेत उल्लेख गरिएको छ । यहाँको तेस्रो समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने प्रहरीको योजना रहेको छ । आत्महत्या न्यूनीकरणका लागि पनि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतनालाई महत्व दिइएको छ ।


    यसैगरी महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएको प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने जनाएको छ । चोरी तथा नियन्त्रणका लागि चोरी कार्यमा संलग्न उपर कारबाहीलाई प्राथमिकता दिइएको छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
    यस्तै सुरक्षित नवलपरासीको लागि काम सुरु भएको उनले बताए । यसलाई अभियान कैरुपमा लागु गरिने उनले बताएका छन् । पहिलो सूचकको रुपमा प्रहरी र जनताको अनुपातको विश्लेषण गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा कार्यरत जनशक्तिले एक जना प्रहरी ले यस क्षेत्रका ८ सय ३२ जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको पाण्डेय को भनाइ छ ।
    दोस्रो नम्बरमा प्रहरी र जनताको सम्बन्ध जनसंख्या र अपराधिक घटनालाई न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले हिरासतमा धेरै व्यक्ति छन् । उनीहरु विभिन्न अपराधमा मुछिएका छन् । अहिले हाम्रोमा रहेको संख्याको अनुपात धेरै छ । यसरी हेर्दा यो क्षेत्र अपराधको प्रमुख स्थल बन्दै गएको देखिन्छ । यो रोक्ने अभियान हो,’ उनले भने ।
    यस्तै सुरक्षा जनशक्ति, जनताको सचेतनाको अवस्था, प्रहरीहरुको संरचना र स्रोत साधनको उपलब्धतालाई पनि ध्यान दिइएको उनले बताए ।
    हालैका दिनमा महिला बालबालिका तथा जेष्ठनागरिक विरुद्ध हुने अपराधको नियन्त्रण तथा साईबर अपराध नियन्त्रणलाई प्राथमिकता दिई निरन्तर रुपमा सचेतना कार्यक्रम गर्दै आइरहेको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.