logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    गुणस्तरीय शिक्षामा रोहिणीको प्रतिबद्धता


    ९ चैत्र २०७९ , बिहिबार

    गुणस्तरीय शिक्षामा रोहिणीको प्रतिबद्धता

    रोहिणीको सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम संचालन
    झब्बर याव । पशुपति यादव
    रोहिणी, चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाले विद्यालयको गुणस्तरमा जोड दिदै विभिन्न किसिमका कार्यहरु गर्दै आइरहेको छ ।
    विद्यालय व्यक्ति, समाज, समुदाय र राष्ट्रको आवश्यक्तालाई मध्यनजर गरेर दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य स्रोत हो । शिक्षाबाट व्यक्तिको व्यक्तित्व विकासका साथै अन्य क्षेत्रको पनि समृद्धि र विकास गर्ने एक किसिमको साध्य हो । जसले व्यक्ति ज्ञानी बन्नका साथै राष्ट्रको परिवर्तनमा पनि महत्वपूर्ण टेवा पु¥याएको गाउँपालिका प्रमुख विद्या प्रसाद यादवले बताउनुहुन्छ ।

    रोहिणी गाउँपालिकाका विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नका आ आफनै किसिमको योजना बनाई शिक्षण कार्य गर्दै आइरहेका छन् ।“गुणस्तरीय शिक्षा रोहिणीको प्रतिबद्धता” भन्ने मुल नाराका साथ गाउँपालिकामा रहेका सबै विद्यालयहरुले आत्मसात गरी कार्यक्रमलाई अगाडि बढाउदैं आएको गाउँपालिका प्रमुख यादवको भनाई रहेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी संचालन गर्न जरुरी रहेको गाउँपालिका प्रमुख यादवले बताउनुभयो । सामदायिक विद्यालय तथा धार्मिक विद्यालय (मदरसा) हरुको भौतिक पूर्वाधार गुणस्तर तथा शैक्षिक वातावरणमा समेत गुणस्तर वृद्धि गरी राम्रो नतिजा ल्याउने विद्यालयलाई पुरस्कार तथा सम्मान कार्यक्रम पनि संचालनमा गाउँपालिकाले विशेष पहल गर्दै आइरहेको गाउँपलिका प्रमुख यादवले जानकारी दिनुभयो । गाउँपालिका भित्रका विद्यालयहरुमा विज्ञान र गणित विषयका लागि प्रयोगशाला मार्फत गर्न पाएमा शिक्षण सिकाई कार्य अझै प्रभावकारी र सजिलो हुने गाउँपालिका प्रमुख यादवले बताउनुभयो । रोहिणीका सबै विद्यालयहरुमा रोहिणी सभ्यता संग सम्वन्धित इतिहास, भुगोल, संस्कृति, चालचलन, रितीरिवाज, भाषा , धर्म आर्थिक, सामाजिक पर्यटकीय आदि लगायतका विषयबस्तु समेटिएर स्थानीय पाठ्यक्रम निर्माण गरी संचालनमा ल्याउन गाउँपालिका लगिपरेको गाउँपालिका प्रमुख यादवले जनाउनुभयो ।


    विद्यालयको शिक्षामा गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षा संग संम्वन्धित सम्पूर्ण पक्ष गुणस्तरीय हुन जरुरी रहेको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमको भनाई रहेको छ । गुणस्तर सिकाईका लागि गुणस्तर शिक्षक, विद्यार्थी र पाठ्यक्रम हुन जरुरी हुन्छ । त्यस पछि मात्र अरु पक्षको आवश्यक्ता रहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक व्यवस्थापन, शैक्षिक र प्रशासनिक व्यवस्थापन गुणस्तरीय बनाउन पर्छ अनि मात्र अरु पक्षमा गुणस्तरीयता प्रदान गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा प्रंदान गर्न सकोस त्यस तर्फ मध्यनजर गरेर गाउँपालिकाले शिक्षक तालिम कार्यक्रम, शिक्षक, विद्यार्थी र अभिभावक सचेतना कार्यक्रम, अतिरिक्त कार्यक्रम , विद्यालय विद्यालय वीच अन्तरक्रिया कार्यक्रम, अतिरिक्त कक्षा व्यवस्थापन, बलियो कोष खडा गर्ने, विद्यालय अनुगमन तथा सुपरिवेक्षण जस्ता कार्यक्रमहरु समय समयमा गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।


    रोहिणी गाउँपालिका भित्र बालकोटाका विद्यालय ४४, प्राथमिक विद्यालय ४, निम्न माध्यमिक विद्यालय ७ , संस्थागत विद्यालय ११, धार्मिक विद्यालय (मदरसा) १३ र माध्यमिक विद्यालय ६ रहेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले सबै विद्यालयका शिक्षकहरुको तलब र अरु कार्यक्रमका लागि आर्थिक वर्ष ०७९।८० मा १६ करोड बजेट विनियोजन भएको गाउँपालिकाको तथ्याङ्कले जनाएको छ । जसमा दिवा खाजा, शिक्षक तलब, पाठ्यक्रम निर्माण, छात्रवृत्ति लगायतका विविध शिर्षकमा लगानी गर्ने गाउँपालिकाको योजना अनुसार कार्य गर्दै आइरहेको शिक्षा शाखा प्रमुख घिमिरेले जनाउनुभयो । गाउँपालिकाका विद्यालयमा प्राथमिक तहमा स्थायी दरबन्दी शिक्षक ४९, निम्न माध्यमिक तहमा १० जना, माध्यमिक तहमा ९ रहेको र अस्थायी वा करार शिक्षकहरु पनि आवश्यक्ता अनुसार पुग रहेको शिक्षा शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो । विद्यालयहरु नियमित संचालन गर्नुका साथै साप्ताहिक रुपमा विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको गाउँपालिकाको रेकर्डले जनाएको छ । गाउँपालिका भित्र रहेको विद्यालयहरुमा गाउँपालिकाको अनुदान कोटामा कार्यरत शिक्षकको ३६ रहेको शिक्षा शाखा प्रमुख घिमिरेले जनाउनुभयो । विद्यालयहरुको शैक्षिक गुणस्तर स्थापित गर्नका लागि शिक्षकहरुलाई तालिम दिनुका साथै उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण कार्यक्रम गर्दै आएको शिक्षा शाखा प्रमुख घिमिरेले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.