logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    विरामीलाई निःशुल्क बस सेवा


    ९ चैत्र २०७९ , बिहिबार

    विरामीलाई निःशुल्क बस सेवा

    सिद्धार्थनगर सिटी हास्पिटल सियारी, मायादेवी हुदैं हस्पिटल सम्म बस सेवा सुरु
    लुम्बिनीखबर
    सिद्धार्थनगर,  चैत । रुपन्देहीको सियारी गाउँपालिका र मायादेवी गाउँपालिकाका विरामीहरुलाई निःशुल्क भैरहवा सम्म पुर्याउने बस सेवा सिद्धार्थनगर सिटी हस्पिटलले ल्याएको छ ।


    सिद्धार्थनगर सिटी हास्पिटलले ल्याएको बस सेवा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर द्वारा अमुवामा रिवन काटेर उद्घाटन गरिएको हस्पिटल स्रोतले जनाएको छ । बस सेवा संचालनले विरामीहरुलाई उपचारको लागि आउने र जाने समस्याबाट मुक्ति दिलाउने उद्देश्यका साथ संचालन गरिएको हस्पिटल स्रोतले जनाएको छ ।


    उक्त उद्घाटन कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्षा थानेश्वर घिमिरे, सियारी ७ का वडा अध्यक्ष दिपक शाही लगायतको उपस्थितिमा उद्घाटन कार्य सम्पन्न भएको हस्पिटल स्रोतले बताएको छ । बस सेवा कुन समयमा कुन स्थानमा बस पुग्ने र बस सेवा सबैले लिन पाउने गरी तालिका समेत बनाएको हस्पिटल स्रोतले जनाएके छ ।


    सिद्धार्थनगर सिटी हस्पिटलमा उपचारको लागि आउने र जाने विरामीहरुलाई सियारी र मायादेवी गाउँपालिका हुदै भैरहवा सम्म निशुल्क बस सेवा संचालन गरिएको छ । यहि मिति २०७९ चैत ८ गते बुद्धवार देखि सियारी ७ अमुवा बाट विहान ९ः४५ वजे छुटने ९ः५० वर्दहवा, ९ः५५ मिलनचोक, १० वजे मदनगंज, चैकी, बनघुषडी, दुर्गापुर, वर्लहवा, छपिया, मैथावल, सुक्रौली मैनहवा, बेथरी हुदैं हस्पिटलमा ११ः१५ वजे पुग्ने हस्पिटल स्रोतले जनाएको छ । हस्पिटल देखि बस छुट्ने समय दिउसो ३ः३० वजे रहेको हस्पिटल स्रोतले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.