एलिना आचार्य
भैरहवा, ११ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको सिद्धार्थ रङशालामा लोकदोहोरी कलाकार बद्री पंगेनी जोसका साथ मैदानमा उत्रिएको देखिएको छ ।
लोकदोहोरी प्रतिष्ठान काठमाडौँले यही चैत्र २५ गते देखि कलाकार बिच हुन गइरहेको क्रिकेट प्रतियोगिताको तयारी स्वरुप उनले अन्तर्राष्ट्रिय क्रिकेट एवं सहायक कोच वसन्त शाही द्वारा सामान्य प्रशिक्षण लिएका हुन् ।
रूपन्देही क्रिकेट संघको सहकार्यमा पंगेनीले ३ घण्टाको क्रिकेट तालिम लिएका हुन् । सिद्धार्थ रङशालामा पुग्नासाथ राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनीले अत्यन्तै गोरवको महशुस गरेको बताउदै गौरवको आयोजना भएको कुरामा जोड दिए
सिद्धार्थ क्रिकेट संघका अध्यक्ष हरि थापाले प्रशिक्षण पश्चात प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।
रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, उपाध्यक्ष धिरज अधिकारी, सदस्य विजय ज्ञवाली र धर्म राज गिरीले खादा र मालाले स्वागत गर्नुभएको थियो ।