logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    व्यापार र पर्यटन भित्रिने मुख्य नाका बेलहिया


    १७ चैत्र २०७९ , शुक्रबार

    व्यापार र पर्यटन भित्रिने मुख्य नाका बेलहिया

    इरसाद खाँन (बच्चन)
    बेलहिया, चैत । नेपाल भारत र चीनको विचमा रहेको मुलूक हो । यहाँको मुख्य व्यापार भारत संग हुने गरेको छ । नेपाललाई पूर्व, पश्चिम र दक्षिणबाट भारत र उत्तरवाट चीनको सिमानाले जोडेको छ । नेपाल र भारतको विचमा खुला सिमाना भए त पनि नेपाल र भारत बीच केही मुख्य नाकाहरु पनि छन् । जस मध्ये रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर नगरपालिका भित्र पर्ने बेलहिया नाका पनि एक हो । यो नाका व्यापार व्यवसायका लागि उत्कृष्ठ नाकाको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।
    बेलहिया नाकावाट नेपाल संग व्यापार गर्नका लागि भाारतीय व्यापारीहरु प्रत्यक्ष रुपमा व्यापार गर्दै आइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । नेपालमा दैनिक ५ सय भन्दा बढी मालबाहक सवारी साधनहरु व्यापारका लागि भित्रिने गरेको वेलहिया भन्सार कार्यालयको तथ्याङकले देखाउछ ।
    नेपालमा मासिक रुपमा भारतीय मालबाहक सवारी साधन २० हजार भन्दा वढी आउने गरेको भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ । नेपालमा नाकाबाट भित्रिने ग्यास, डिजल, पेट्रोल, मट्टीतेल, कोइला, सुँन, कच्चापदार्थ, खाद्यान्न आदि विभिन्न किसिमका बस्तुहरु आयात भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
    विदेशी मुलुकका व्यापारी नेपालमा व्यापार व्यवसायका साथ साथै पर्यटनका लागि पनि विभिन्न देशका मानिसहरु आउने गरेको देखिन्छ । नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण राष्ट्रिय हो । यहाँ भौगोलिक, प्राकृतिक, जैविक, धार्मिक, जातिय, हावापानी, बनजङ्गल, पशुपञ्छी, भेषभुषा, साँस्कृतिक आदि लगायतका विविधताहरु रहेको पाइन्छ । यस्ता विविधताले गर्दा नेपालमा भित्रिने भारतका विभिन्न नाकाहरु रहेका छन् । नेपालको विविधताले विश्वका पर्यटकहरुलाई लोभ्याएको जसले गर्दा नेपालमा विभिन्न देशका पर्यटकहरु दैनिक रुपमा ६ सय भन्दा बढी पर्यटकहरु भित्रिएको बेलहिया अध्यागमन कार्यालयले जनाएको छ । नेपालमा आउने पर्यटक नेपालको सीमानालाई छोएको भारत र चीनको मात्र नभएर अन्य विभिन्न देशका पर्यटकहरु आउने गरेको वेलहिया अध्यागमन कार्यालयले जनाएको छ । नेपालमा ब्राजिल, अमेरिका, नेदरल्याण्ड, जर्मनी, इंल्गायण्ड, इजरायल, इटली, साउथकोरिया, जापान, म्याकसिको, म्यानमार, नर्वे, रसिया, साउथअफ्रिका, श्रीलंका, थाइल्याण्ड, यूएसए, भेयतनाम लगायतका विभिन्न देशका पर्यटकहरु आउने गरेको अध्यागमन कार्यालयको रेकार्डमा देखिन्छ । सबै देशका पर्यटकहरुलाई हेर्दा मासिक रुपमा १५ हजार भन्दा बढी पर्यटकहरु समुह र व्यक्तिगतरुपमा आउने गरेको बेलहिया अध्यागमन कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.