logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    व्यक्तिगत जग्गा सार्वजनिक भएपछि तनावमा यादव


    १७ चैत्र २०७९ , शुक्रबार

    व्यक्तिगत जग्गा सार्वजनिक भएपछि तनावमा यादव

    सुरज ज्ञवाली

    सिद्धार्थनगर,  चैत । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ मा बस्ने अलगु यादवको नम्बरी जग्गा सार्बजनिक भएपछि उनको परिवार तनावमा परेको छ ।
    उनको व्यक्तिगत जग्गालाई अदालतले बाटो कायम गर्ने फैसला गरेपनि तनावमा परेको यादवको परिवारले जनाएको छ । मेरो लालपुर्जा भएको जग्गालाई सार्वजनिक बाटो कायम गर्दा अन्याय भएको भन्दै उनले पत्रकारहरु संग गुनासो पोखेका छन् ।
    विक्रम सम्बत् २०६८ सालमा रुपन्देहीको साविकको भगवानपुर गा.वि.स वडा नम्बर ३ र ४ खुनगाई भन्दा पूर्वमा पर्ने तेलार नदीमा पक्की पुल निर्माण गर्न सर्बेनापीको नक्सामा देखाएको सडक बाटोलाई सिधा गरी सडक निर्माण गर्दा मेरो नम्बरी जग्गा बाटोमा परेको यादवले बताउनुभयो । नम्बरी जग्गालाई स्थानीयल जबरजस्ती सार्वजनिक गर्दै थिए पछि अदालतले पनि सार्वजनिक गरेको उनले बताएका छन् ।

    गाउँ, समाज र क्षेत्रका मानिसहरुलाई आवत जावत गर्न कठिनाई सजिलो हुने भनेर तत्कालिन गा.वि.स.मा रहेको सवै राजनीतिक दलका नेता तथा स्थानीयहरुको सहभागिमा नम्बरी जग्गा यादवले बाटोलाई दिने र भोगचलनका लागि यादवलाई अर्को ठाउमा
    नम्बरी जग्गाको सट्टामा प्रति भोग चलन गर्ने गरि निर्णय सिफारिस गरिएको थियो । त्यति खेर म पनि सहमत रहेको यादवले बताउनुभयो ।


    तर केही मानिसहरुले आफ्नो व्यक्तिगत स्वार्थले उक्त जग्गामा लगाएको वालीनाली गाई, गोरु भैँसी, बाख्राबाट समेत चराई नष्ट गराउने भएको र लुम्बिनी प्रहरी, आमा चौकीका प्रहरी र गा.वि.स लाई खबर गर्दा कुनै किसिमको सुनवाई नभएको समेत यादवले बताउनुभयो । उनले मलाई अन्याय भयो भन्दै अहिले सवैतिर भौतारिन थालेका छन् ।
    के म यो देशको नागरिक होइन् ? मलाई बाच्ने अधिकार छैन् ? नेपाल सरकारले मनपरी अर्काको नम्बरी जग्गा सार्वजनिक कायम गर्ने अधिकार छ तर ती व्यक्ति को पक्षमा कुनै निर्णय गर्ने अधिकार छैन् ? यही मेरो सबै सरोकारवालहरु संग प्रश्न समेत रहेको यादवले बताउनुभयो ।


    जिल्ला रुपन्देहीको भगवानपुर गाउँ विकास समिति वडा नम्बर ३ र ४ अहिले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ मौजा खुनगाई देखि पूर्व तर्फ गएको कृषि सडकमा पर्ने तेलार नदीमा पक्की पुल निर्माण गर्ने सर्बे नापीको नक्सामा देखाएको सडक बाटोलाई सिधा गरी सडक निर्मााण गर्दा अलगु यादवको नाउँमा दर्ता रहेको जिल्ला रुपन्देही साविकको बलरामपूर गा.वि.स वडा नम्वर ५ को कि.न १५९ को जग्गा मध्ये दक्षिण तर्फवाट उत्तर दक्षिण ४० फीट र पूर्व पश्चिम १५६ फिट भएको जग्गा कृषि सडक वाटोमा पर्न गएकोले तपाईको सो जग्गाको सट्टामा माथि उल्लेखित पुल सम्म भएको ४० फिट कृषि सडक बाटोको दक्षिण रहेको सर्बे नापीको नक्सामा उल्लेखित रुपन्देही जिल्लाको साविकको बलरामपुर गा.वि.स वडा नम्बर ५ क कि.न १६० को जग्गा विगहा           ०–१६–४ प्रति जग्गा मध्ये तपाईको कित्तामा सिधा दक्षिण तर्फ रहेको मोहडा बराबरको चौडााई भएको जग्गा तपाईलाई भोग चलन गर्न दिने भनी मिति २०६८।१०।५ गते बसेको गा.वि.स को वैठकबाट निर्णय भई आएको अनुसार हो । निर्माण भएको ३० फिट ग्राभेल र सो देखि दक्षिण तर्फ १० फिट गोरेटो वाटो समेत जम्मा ४० फिट सडक देखि दक्षिण तर्फ रहेको तपाईको जग्गाको पूर्व पश्चिम चौडाई बराबर माथि उल्लेखित कि.न १६० को प्रति जग्गा तपाईको निर्वाध रुपमा भोग चलन गर्नु हुने सिफारिस गरिएको थियो । तर केही समय पछि गा.वि.स र केवटलियाका केही मानिसहरु सो प्रति भोग चलन गर्दा विरोध गरेका थिए । जसले गर्दा उहाँको नाउँमा अदालतको इजलासमा समेत मुद्दा दर्ता हुन पुगेको थियो ।

    अदालतले उक्त नम्बरी जग्गाको सट्टामा सार्वजनिक जग्गा भोग चलन गर्ने गरी गा.वि.स ले बनाएको सिफारिस लाई खारेज गरी नम्बरी जग्गा सार्बजनिक कायम गरेको तर उहाँहरुलाई न त मुअव्जा दियो नत अधिकार दियो । आफुहरुको पक्षमा चित्त बुझने गरी कुनै कार्य नभएका यादवले बताउनुभयो । अन्यायमा परेको र यसको सत्य तथ्य बुझी म पिडितलाई न्याय दिलाई दिनको लागि सम्वन्धित सरोकारवालाहरुको ध्यानाकर्षण होस् यादवले समेत आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.