logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कोटहीमाई गाउँपालिकाको ११आंै गाउँसभा अधिवेशन सम्पन्न


    १७ चैत्र २०७९ , शुक्रबार

    कोटहीमाई गाउँपालिकाको ११आंै गाउँसभा अधिवेशन सम्पन्न

    असलम खान
    मर्चवार,  चैत । रुपन्देहीको कोटहीमाई गाउँपालिकाको ११ औं गाउँपरिषद् गाउँपालिकाको सभाहालमा सम्पन्न भएको छ । पालिकाको गाउँसभाले उपभोक्ता समिति गठन, सञ्चालन सम्बन्धि कार्यविधि २०७९, मर्मत सम्भार सम्बन्धि कार्यविधि २०७९, आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ र सार्वजनिक लेखा समिति सम्बन्धि कार्यविधि २०७९ अनुमोदन गरेको छ। चालु आर्थिक बर्षमा कोटहीमाई गाउपालिकाले कुल जम्मा ४८ करोड ४ लाख ५० हजार को बजेट तथा कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताए । जस अन्तर्गत शशर्त अनुदान संघ तर्फ १७ करोड ८ लाख, शशर्त अनुदान प्रदेश तर्फ ९५ लाख, विशेष अनुदान संघ तर्फ १ करोड, विशेष अनुदान प्रदेश तर्फ ६० लाख, समपुरक अनुदान संघ तर्फ १ करोड र समपुरक अनुदान प्रदेश तर्फ ५० लाख समावेश गरिएको उनले बताए। श्रीवास्तवले चालु आर्थिक बर्षमा जम्मा ५ सय ८४ वटा क्रियाकलापहरु मध्ये करिव ७५ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्झौता भई कार्यान्वयनमा रहेका जानकारी दिए । हाल सम्मको कार्यालयको वित्तिय प्रगति १७ करोड ४४ लाख (करिव ३५ प्रतिशत) रहेको र भौतिक प्रगति ६० प्रतिशत भन्दा माथि रहेको श्रीवास्तवको भनाई थियो ।


    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी कोटहीमाई गाउँपालिका मर्चवारमा जनताको धेरै अपेक्षा रहेको र निर्वाचित भएको एक बर्ष मै यी सबै अपेक्षा पुरा गर्न नसकिने उनले जिकिर गरे । गाउँपालिकाका सबै निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुको सहयोगले मात्रै समुन्नत कोटहीमाईको विकास सम्भव रहेको कारण सबैलाई साथ दिन उनले आग्रह गरे । स्वास्थ्यको दृष्टिले पछाडी रहेको मर्चवारमा यसै आर्थिक बर्षमा १५ शैयाको अस्पतालको टेण्डर आव्हान गर्ने प्रक्रियामा रहेको त्रिपाठीले बताए।
    गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता, जिल्ला समन्वय समितिका उप–प्रमुख राम कृपाल धवलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष शुसिला कुमारी यादव, विपद व्यवस्थापन समिति राष्ट्रिय अध्यक्ष जगरनाथ कुर्मी, वडा नम्बर ५ का वडा अध्यक्ष सञ्जय कुमार सैनी, समजसवी गेरुबचन यादव लगायतले बोलेका थिए। भने कार्यक्रम सञ्चालन अजयकुमार सिंहले गर्नु भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.