logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रमजानको अवसरमा राहत वितरण


    २४ चैत्र २०७९ , शुक्रबार

    रमजानको अवसरमा राहत वितरण

    असलम खान
    मर्चवार, चैत । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रमजानको अवसरमा ९० घरपरिवारलाई राहत वितरण गरेको छ ।
    इस्लामहरुको महान पर्व रमजान चैत ९ गते विहिवार देखि तरविह भई चैत १० देखि रोजा बस्दै आएको देखिन्छ । रमजान चलिरहेको अवसरमा मरकज अल.रियाया अल.इजतेमाईया भन्ने संस्थाले ९० घरपरिवारलाई राहत वितरण गरेको छ । मरकज अल.रियाया अल.इजतेमाईया सम्मरीमाई ६ का संस्थापक अध्यक्ष वसिम अहमद सल्फीले बताएका छन् । सल्फीका अनुसार रमजानको समयमा म र हाम्रो संस्थाले विभिन्न ठाउँमा रोजा इफ्तार गराउने, राहतहरु वितरण गर्ने गरेको छ । सम्मरीमाई गाउपालिका वडा नम्बर ६ असुरैनाको मुस्लिम टोलमा १ सय ५० जना लाई रोजा इफ्तार (रोजा खुलाउने) यस संस्थाले गराएको अध्यक्ष सल्फीले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.