logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रा.स्व.पा को डण्डा नदी सरसफाई अभियान सुरु


    २५ चैत्र २०७९ , शनिबार

    रा.स्व.पा को डण्डा नदी सरसफाई अभियान सुरु

    कमल रायमाझी
    भैरहवा, २५ चैत । ‘ उठौं, जागौं डण्डा नदी सफा गर्न सबै लागौँ ।’ भन्ने मुल नाराका साथ राष्ट्रिय स्वतन्त्र पार्टी विकास योजना तथा नीति तर्जुमा विभाग लुम्बिनी प्रदेशल डण्डा नदी सरसफाई अभियान सुरु गरेको छ ।
    शनिवारबाट सुरु भएको नदी सरसफाई अभियानमा विभिन्न व्यक्तिहरुले डण्डा नदीमा फालेको फोहोरको व्यवस्थापन तथा संकलन र नष्ट गर्ने काम भएको सरसफाई अभियानका संयोजक सन्दीप यादवले जानकारी दिए ।


    पार्टी विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुख समेत रहेको यादवले स्वच्छ डण्डा नदीको अभियानलाई निरन्तरता दिने बताएका छन् ।
    जिल्लाको ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको विच भागबाट बग्ने डण्डा नदी पछिल्लो चरणमा फोहोर फाल्ने डम्पिङ् स्थल बन्दै गएपछि यसको सरसफाईका लागि राष्ट्रिय स्वतन्त्र पार्टी विकास योजना तथा नीति तर्जुमा विभाग लुम्बिनी प्रदेशको आयोजना र उक्त पार्टीको रुपन्देही जिल्ला पार्टीको सहआयोजक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका संयोजक प्रकाश ज्ञवालीले जानकारी दिए ।


    समाज रुपान्तरणकाा लागि विभिन्न अभियान संचालन गरेको उक्त पार्टी डण्डा नदी सरसफाई गर्न सुरु गरेपछि स्थानीय जनताहरुमा पनि उक्त पार्टी प्रति विश्वास रहेको बताएका छन् । विहान ८ बजे देखि विभिन्न क्षेत्रबाट आएका पार्टीका कार्यकर्ताहरुले सरसफाई सुरु गरेपनि स्थानीय सरकार भने बेखबर जस्तै बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन न्यौपानेले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.