चैत ३० गते बेलुका ४ बजेदेखि राती १२ बजे सम्म भैरहवामा
झब्बर याादव
सिद्धार्थनगर, चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाको देवकोटा चोकमा चैत ३० गते विहिवार होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले सिद्धार्थ सडक खाना महोत्सव २०७९ कार्यक्रम आयोजना गरेको छ ।

सडक खाना महोत्सव कार्यक्रममा खानाका विभिन्न परिकारहरु कुनै खास समयमा प्रदर्शन गर्नु हो । यस्ता महोत्सवले खानाको क्षेत्रलाई पर्यटन विकासका साथै खान पकाउने कला , संस्कृति र मौलिक खानपानको परिकारको प्रचार प्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको हुन्छ ।

नेपाल विविधताले भरिपूर्ण राष्ट्र हो । जस मध्ये जातिय विविधता पनि एक हो । जाातिय विविधता रहनुका साथै जाातीय आधारमा खानाकाा परिकारमा पनि विविधता पाइन्छ । त्यहीका खानाका विविधतालाई सबैलाई परिचित गराउनका साथै खानाका परिकार संरक्षण गराउनका लागि यस्ता कार्यक्रमको आयोजना गर्न जरुरी रहेको छ ।

जातिय आधारमा खाना पकाउने कलामा परिकारको स्वादमा पनि फरक देखिन्छ । नेपालका खानाका परिकार समाजमा परिचित गराउनका निम्ति यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग गरेको पाइन्छ । खाना महोत्सव कार्यक्रममा खाना परिकार सम्बन्धी कला, सँस्कृति संरक्षण र सम्वद्र्धन गर्ने गरी खाना महोत्सव गर्ने गरेको पाइन्छ ।

सिद्धार्थ सडक खाना महोत्सवमा जातिगत रुपमा थारु ,मगर ,थकाली, गुरुङ ,क्षेत्री ,नेवार लगायत अन्य समुदायका खानाका परिकारहरु सडकमै पकाएर प्रदर्शन गर्नुलाई नै सडक खाना महोत्सव हो । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक भारतीय, चाईनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य देशका खानाका परिकारहरु तयार गरी प्रदर्शन गरिने आयोजक स्रोतले जनाएको छ ।

उक्त आयोजित कार्यक्रम होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा र सिद्धार्थनगर नगरपालिका, घरेलुतथा साना उद्योग कार्यालय, मदिरा व्यवसायी संघ सिद्धार्थनगरको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
सिद्धार्थ सडक खाना महोत्सव २०७९ प्रवद्र्धक उद्योग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद लुम्बिनी प्रदेश रहेको र उद्योग व्यापार संगठन रुपन्देही संरक्षक रहेको आयोजक स्रोतले जनाएको छ ।